कञ्चनपुरमा महिला मतदाता बढी « Khabarhub

कञ्चनपुरमा महिला मतदाता बढी


४ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदाताको सङ्ख्या यहाँ तीन लाख १४ हजार ३८५ रहेको छ । तीमध्ये महिला मतदातको सङ्ख्या एक लाख ६० हजार ३१६ छ । 

जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी भानबहादुर महराले महिला मतदाता एक लाख ६० हजार ३१६ छ भने पुरुष मतदाताको सङख्या एक लाख ५४ हजार ६८ रहेको जानकारी दिए । उनका अनुसार महिला मतदाताको सङख्या पुरुषको भन्दा छ हजार २४८ बढी हो ।

जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तीन वटा निर्वाचन क्षेत्र निर्धारण गरिएको जनाउँदै क्षेत्र नं २ मा सबैभन्दा बढी एक लाख नौ हजार ५७४ मतदाता रहेका उल्लेख गरे । सबैभन्दा कम निर्वाचन क्षेत्र नं १ मा एक लाख एक हजार ७२४ मतदाता छन् । 

मतदाताको सङख्यालाई मध्यनजर गरी मतदान केन्द्र निर्धारण गरिएको सूचना अधिकारी महराले बताए । अघिल्लो निर्वाचनमा तीन सय ४६ मतदान केन्द्र रहेकामा यसपटक केन्द्रको सङ्ख्या बढाएर तीन सय ६० पुर्‍याइएको उनले जानकारी दिए । 

कृष्णपुर नगरपालिकामा रहेका दुई वटा मतदानस्थलको स्थान परिवर्तन गरिएको छ । मतदानस्थल भने साबिककै एक सय ३२ कायम गरिएको छ । निर्वाचन क्षेत्र नं ३ मा दुई वटा अस्थायी मतदान केन्द्र राख्नेबारे छलफल भइरहेको निर्वाचन कार्यालयका सूचना अधिकारी महराले बताए । 

तीन वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको जानकारी दिँदै उनले कर्मचारी खटाउने, सुरक्षाकर्मी खटाउने र आवश्यक सामग्रीको व्यवस्थापन गर्ने कार्य गरिएको बताए । रासस

प्रकाशित मिति : ४ माघ २०८२, आइतबार  १२ : ४० बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको