स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा.काफ्लेले दिए पदबाट राजीनामा  « Khabarhub

स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा.काफ्लेले दिए पदबाट राजीनामा 


४ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा.रघुराज काफ्लेले पदबाट राजीनामा दिएका छन् । 

स्वास्थ्य मन्त्रालयमार्फत प्रधानमन्त्री समक्ष काफ्लेले राजीनामा दिएका हुन् । स्वास्थ्य बीमाबापतको दावी भुक्तानीको दायित्व बढ्दै गएपछि र सरकारले सोको भुक्तानीका लागि रकम नदिएसँगै अस्पतालहरूले स्वास्थ्य बीमा कार्यक्रम स्थगित गर्न थालेपछि काफ्ले नैतिक संकटमा परेका थिए । 

अस्पतालहरूको दबाब र राज्यले भुक्तानीको स्रोत जुटाउने नसक्ने अवस्थाले बोर्ड आर्थिक संकटको अवस्थामा पुगेको छ । ठूला सरकारी अस्पतालले नै सूचना निकालेर स्वास्थ्य बीमा कार्यक्रम बन्द गर्ने घोषणा गर्न थालेका छन् । 

स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक संस्थालाई ११ अर्ब रुपैयाँभन्दा बढी भुक्तानी दिन बाँकी छ । देशभर लागू गरिएको स्वास्थ्य बीमा कार्यक्रम गम्भीर संकटमा पर्दा यसको प्रत्यक्ष मार सेवाग्राहीले भोग्न थालेका छन् । 

बीमा बोर्डले अस्पतालहरूलाई समयमै भुक्तानी गर्न नसक्दा ठूला सरकारी अस्पतालहरूले एकपछि अर्को गर्दै बीमा सेवा बन्द गर्न थालेका छन् ।

प्रकाशित मिति : ४ माघ २०८२, आइतबार  १ : ४० बजे

सरकार डढेलो बने निभाउने साहस राख्छौँ : ज्ञानेन्द्र शाही

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सरकारले

सरकारले विस्थापन होइन व्यवस्थापनको नीति अँगालोस् : हर्क साम्पाङ

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारले विस्थापन नभएर

देउवाको स्पष्टीकरण : बूढानीलकण्ठस्थित निवास बेचेको होइन, बिक्री गर्ने योजना पनि छैन

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले काठमाडौंको बूढानीलकण्ठस्थित निजी

संसद्‍मा हर्कको माग- देशको आर्थिक अवस्था सुल्झाउन खेतीबारीका समस्या समाधान गरौँ

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले खेतीबालीको समस्या समाधान

कांग्रेसले संसद्‍मा सोध्यो : जेन-जीका नाममा सिंहदरबार र संसद् भवन किन जलाइयो ?

काठमाडौं– नेपाली कांग्रेसका सांसद भीष्मराज आङ्देम्बेले गत भदौ २३ र