सिरियामा अमेरिकी हवाई हमला : अल–कायदा नेता मारिए « Khabarhub

सिरियामा अमेरिकी हवाई हमला : अल–कायदा नेता मारिए


४ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

वासिङटन– अमेरिकाले सिरियामा गरेको तेस्रो प्रतिकारात्मक हवाई हमलामा अल–कायदा सम्बन्धित नेता बिलाल हसन अल–जासिम मारिएका छन् । 

अधिकारीहरूले उनी गत महिनामा अमेरिकी सैनिक र एक नागरिकको हत्या गर्ने इस्लामिक स्टेट सदस्यसँग प्रत्यक्ष सम्बन्धित रहेको बताएका छन् ।

सेन्ट्रल कमान्डका कमाण्डर एडमिरल ब्र्याड कुपरले भने, ‘अमेरिकी नागरिक र सैनिकमाथि आक्रमण गर्नेहरूका लागि कुनै सुरक्षित स्थान छैन । हामी उनीहरूलाई पत्ता लगाउँछौँ ।’

यो हमला ‘हकआइ स्ट्राइक’ अभियानको भाग हो, जुन राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सैनिकमाथि आक्रमणको प्रतिकारका लागि आदेश दिएका थिए । यस अभियानमा अमेरिकासँगै जोर्डन र सिरियाका साझेदारहरूले १०० भन्दा बढी इस्लामिक स्टेटको आधार र हतियार स्थलहरूलाई लक्षित गरेका छन् ।

सिरियाली राष्ट्रपति अहमद अल–शाराराले यस घटनाप्रति गम्भीर असन्तोष व्यक्त गरे भने अमेरिकी राष्ट्रपति ट्रम्पले यस कदमलाई आतङ्कवादीहरूको पुनर्गठन रोक्ने प्रयासको रूपमा व्याख्या गरेका छन् । रासस

प्रकाशित मिति : ४ माघ २०८२, आइतबार  १ : ४६ बजे

एक्सट्रिमले २०२६ पीएमएनसी नेपाल फल आयोजना गर्ने

काठमाडौं- युवापुस्तामाझ लोकप्रिय एक्सट्रिम इनर्जी ड्रिंकले नेपालमा बढ्दो ई–स्पोर्ट्सको लोकप्रियतालाई लक्षित

जापानिज इन्सेफ्‌लाइटिस : सप्तरी र कैलालीमा चार जनाको मृत्यु

सप्तरी– सप्तरीमा जापानिज इन्सेफ्लाइटिसका कारण दुई जनाको मृत्यु भएको छ

गगनजीहरू हामी कसैको सम्पर्कमा हुनुहुन्न : रमेश लेखक (अन्तर्वार्ता)

काठमाडौं- शेरबहादुर देउवा स्वदेश फर्केपछि पछिल्लो समय नेपाली कांग्रेसको विवाद

नेपाल-भारत सम्बन्ध थप सुदृढ बनाउन मधेस सरकार प्रतिबद्ध

जनकपुरधाम- मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले नेपाल–भारतबीच सदियौँदेखि कायम रहेको धार्मिक,