ओली र बालेन्द्रसँग भिड्न धरानदेखि दमकसम्म खाली खुट्टै पैदलयात्रामा श्रमका समिर « Khabarhub

ओली र बालेन्द्रसँग भिड्न धरानदेखि दमकसम्म खाली खुट्टै पैदलयात्रामा श्रमका समिर


४ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


354
Shares
  • change font
  • change font
  • change font

धरान- हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीबाट झापा क्षेत्र नम्बर ५ का उम्मेदवार समीर तामाङले धरानदेखि दमकसम्म खाली खुट्टा पैदल यात्रा सुरु गरेका छन।

श्रम संस्कृति पार्टीले झापा क्षेत्र नं. ५ का लागि उम्मेदवार बनाइएका तामाङले आइतबारदेखि पैदल यात्रा थालेका हुन् । उनले धरानदेखि दमकसम्मको ८५ किलोमिटर यात्रा खाली खुट्टै छिचोल्न लागेका हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली लड्‌दै आएको यहाँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र साह पनि उम्मेदवार हुँद आउँदैछन् ।

यस्तोमा दुवैलाई हराउने दाबीसहित श्रम संस्कृति पार्टीका तामाङ सुरिएका हुन् । अध्यक्ष हर्क साम्पाङले पार्टीका सह-महासचिव तामाङले बालेनलाई हराउन सक्ने बताए ।

‘म सुनसरीबाटै चुनाव लड्दैछु, ओली र बालेन्द्रलाई हराउन समिर तामाङ काफी छन्,’ साम्पाङले भने, ‘धरान उपमहानगरमा राजीनामा दिएलगत्तै म झापा-५ गएर माटोका लागि मत माग्नेछु।’

आफूले भाषण गरेलगत्तै माहोल आफूहरूको पक्षमा आउनेसमेत उनले बताए। धरानमा एक्लै चुनाव प्रचार गरेर जितेको बताउँदै उनले झापा-५ मा पनि जित हुने जिकिर गरे ।

प्रकाशित मिति : ४ माघ २०८२, आइतबार  ५ : १२ बजे

इजरायलमा सरकार गठनका लागि अरब दल र विपक्षीबीच वार्ता

काठमाडौँ – इजरायलमा संसदीय निर्वाचनपछि वैकल्पिक सरकार गठन गर्ने विषयमा अरब

पशुपति क्षेत्र विकास कोषका दीर्घसेवी कर्मचारी आन्दोलित

काठमाडौँ – नयाँ नियमावलीमार्फत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया अघि

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई लिएर हवाई सुरक्षा सतर्कता

काठमाडौँ – भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश

स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

 काठमाडौँ  – सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्न

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम