ओली र बालेन्द्रसँग भिड्न धरानदेखि दमकसम्म खाली खुट्टै पैदलयात्रामा श्रमका समिर « Khabarhub

ओली र बालेन्द्रसँग भिड्न धरानदेखि दमकसम्म खाली खुट्टै पैदलयात्रामा श्रमका समिर


४ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


354
Shares
  • change font
  • change font
  • change font

धरान- हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीबाट झापा क्षेत्र नम्बर ५ का उम्मेदवार समीर तामाङले धरानदेखि दमकसम्म खाली खुट्टा पैदल यात्रा सुरु गरेका छन।

श्रम संस्कृति पार्टीले झापा क्षेत्र नं. ५ का लागि उम्मेदवार बनाइएका तामाङले आइतबारदेखि पैदल यात्रा थालेका हुन् । उनले धरानदेखि दमकसम्मको ८५ किलोमिटर यात्रा खाली खुट्टै छिचोल्न लागेका हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली लड्‌दै आएको यहाँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र साह पनि उम्मेदवार हुँद आउँदैछन् ।

यस्तोमा दुवैलाई हराउने दाबीसहित श्रम संस्कृति पार्टीका तामाङ सुरिएका हुन् । अध्यक्ष हर्क साम्पाङले पार्टीका सह-महासचिव तामाङले बालेनलाई हराउन सक्ने बताए ।

‘म सुनसरीबाटै चुनाव लड्दैछु, ओली र बालेन्द्रलाई हराउन समिर तामाङ काफी छन्,’ साम्पाङले भने, ‘धरान उपमहानगरमा राजीनामा दिएलगत्तै म झापा-५ गएर माटोका लागि मत माग्नेछु।’

आफूले भाषण गरेलगत्तै माहोल आफूहरूको पक्षमा आउनेसमेत उनले बताए। धरानमा एक्लै चुनाव प्रचार गरेर जितेको बताउँदै उनले झापा-५ मा पनि जित हुने जिकिर गरे ।

प्रकाशित मिति : ४ माघ २०८२, आइतबार  ५ : १२ बजे

अध्ययन बिदा सकिएर पनि नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन निर्देशन

काठमाडौँ– त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अध्ययन बिदा लिएर अध्ययन पूरा गरेपछि

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ

विश्व मरुभूमिकरण तथा खडेरीविरुद्धको दिवस मनाइँदै

काठमाडौँ– आज विश्वका विभिन्न देशमा ‘चरन क्षेत्र : पहिचान, सम्मान

झिक्कै झिक्कै माया तमलाई, आई लभ यु- बालेन !

२०८० सालको भदौ १६ गते, शनिबार। वालेन्द्र शाह काठमाडौँ महानगरका

एमडीएच फार्मास्युटिकल्सलाई ‘क्वालिटी अचिभमेन्ट अवार्ड २०२६’

काठमाडौँ– नेपालको औषधि उत्पादन कम्पनी एम.डी.एच फार्मास्युटिकल्स प्रालिले पहिलोपटक ‘क्वालिटी