शेखरले भने : कांग्रेसको विवाद अदालतमा गइसक्यो, हामी निर्वाचनमा सहभागी हुनु पर्छ « Khabarhub

शेखरले भने : कांग्रेसको विवाद अदालतमा गइसक्यो, हामी निर्वाचनमा सहभागी हुनु पर्छ

मध्यमार्गी बाटोबाट विचलित नहुने स्पष्टीकरण


४ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


456
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले आफू मध्यमार्गी भएकाले पार्टीभित्र दबाब झेलिरहेको बताएका छन् ।

काठमाडौंमा आइतबार आयोजित आफू पक्षीय नेताहरूको भेलालाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ।

‘मध्यमार्ग र सत्यको बाटो गारो र अप्ठ्यारो हुन्छ तर जीत उसैको हुन्छ । म सत्यको बाटो हिँडिरहेको छु । यसबाट विचलित हुन्न’, उनले आफूनिकट नेताहरूलाई ढाडस दिँदै भने ।

कोइरालाले पार्टीलाई अतिवादले गाँजेको भन्दै आफू कुनै पनि अतिवादको घेरामा नपरी मध्यममार्गी बाटोबाट विचलित नहुने दृढता पनि जनाए ।

पार्टीको कठिन अवस्थामा डा. कोइरालाले मध्यमार्गी भूमिका निर्वाह गरी पार्टीलाई संकटबाट जोगाउनु पर्नेमा जोड दिएका थिए ।

बत्तिसपुतलीको अनुपम फुडल्यान्डमा भएको उक्त छलफलमा बोल्ने नेताहरूले पार्टीको १५औँ महाधिवेशन अन्योलमा परेकोमा चिन्ता जाहेर गरे । उनीहरूले त्यसको सुनिश्चितता गरिनुपर्नेमा पर्नेमा जोड दिएका छन् ।

यसका साथै तोकिएको मिति फागुन २१ गते मा निर्वाचन हुनेमा ढुक्क हुने अवस्था बनिनसकेको पनि बताएका थिए ।

कार्यकर्ता भेलालाई सम्बोधन गर्दै कोइरालाले यही फागुन २१ गते हुने निर्वाचनमा सहभागी हुनेसमेत बताएका छन् ।

कोइरालाले देश र लोकतन्त्र संकटमा रहेकाले निर्वाचनमा जानुको विकल्प नरहेको जानकारी दिए । उनले नेता कार्यकर्तालाई पनि निर्वाचनमा सहभागी हुन आह्वान गरे ।

डा. कोइरालाले भने, ‘निर्वाचन सहजता लागि माघ ६ गतेको मनोनयन मिति सार्न निर्वाचन आयोगलाई अनुरोध गरेको थिएएँ । सरकारले निर्वाचनको वातावरण बनाएर सुरक्षाको ग्यारेन्टी गर्नुपर्नेमा त्यसको प्रत्याभूति हुन सकेको छैन ।’

पार्टीमा देखिएको विवादको विषय अदालत प्रवेश गरिसकेकोले आफूलाई न्यायाधीशहरूको निर्णय मान्य हुनेसमेत कोइरालाले बताए ।

नेता-कार्यकर्तालाई निर्वाचनसँगै १५औं महाधिवेशन को तयारी गर्न र त्यसमा लाग्न पनि उनले निर्देशन दिए ।

उक्त कार्यक्रममा सुझाव दिने क्रममा जिल्लाका नेता तथा कार्यकर्ताहरूले निर्वाचन आयोगले अन्याय गरे पनि अदालतले न्याय गर्नेमा विश्वास रहेको बताएका छन् ।

प्रकाशित मिति : ४ माघ २०८२, आइतबार  ६ : ०६ बजे

एमाले दलको नेताबारे योगेशको टिप्पणी : सांसदहरूलाई दबाबमा राखेर जे गरियो, राम्रो भएन

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले संसदीय दलको नेतामा उपाध्यक्ष

वितरकको पैसा नदिई सम्पर्कविहीन भए निर्माता कडरिया

काठमाडौं – यो वर्षको सुवातमा प्रदर्शनमा आएको फिल्म ‘महाभोज’को आर्थिक

महेश बस्नेतलाई ठूलो राहत, उच्च अदालतले खारेज गरिदियो शोभा पाठकको रिट

काठमाडौं– नेकपा एमालेका सचिव महेश बस्नेतविरुद्ध धादिङकी शोभा पाठकले दर्ता

दासढुंगामा रोकिराखेको ट्यांकरमा बस ठोक्किँदा १३ जना घाइते

काठमाडौं– नारायणगढ मुग्लिन सडक खण्ड अन्तर्गत चितवनको भरतपुर २९ दासढुंगामा

उपराष्ट्रपतिसँग साउदी अरेबियाका राजदूतको भेट, श्रम सम्झौताले सहयोग बढाउने विश्वास

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि साउदी अरेबियाका राजदूत फाहद