काठमाडौंमा त्रिदेशीय ‘आर्ट फर पिस’ कला प्रदर्शनी « Khabarhub

काठमाडौंमा त्रिदेशीय ‘आर्ट फर पिस’ कला प्रदर्शनी


४ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, समसामयिक चित्रकला विभाग र बङ्गलादेश आर्टिस्ट ग्रुपको संयुक्त आयोजनामा आजदेखि ‘आर्ट फर पिस’ विषयक त्रिदेशीय अन्तरराष्ट्रिय कला प्रदर्शनी सुरु भएको छ । प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली र बङ्गलादेश आर्टिस्ट ग्रुपका प्रेसिडेन्ट साइफुल इस्लामले प्रदर्शनीको आज उद्घाटन गरे । 

कुलपति हार्तम्छालीले प्रदर्शनीले नेपाल, भारत र बङ्गलादेशको कलालाई बुझ्न थप सहयोग गर्ने र आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताए । विशेष अतिथि पूर्वकुलपति किरण मानन्धरले वैश्विक परिस्थिति विचार गरी शान्तिको विषय उठान गरिएको प्रदर्शनीको सन्देश महत्त्वपूर्ण रहेको बताए । 

प्रतिष्ठानका समसामयिक चित्रकला विभाग प्रमुख सञ्जय वान्तवा राईले प्रदर्शनीको विषयवस्तु शान्तिका लागि कला मात्र नभई संसारका लागि सन्देशसमेत भएको उल्लेख गरे । उनले प्रदर्शनीमा तीन देशका संस्कृति, समाज र अनुभवसँग जोडिएर कलाकारले सिर्जना गरेका कलाकृति  समावेश गरिएको बताए । 

बङ्गलादेश आर्टिस्ट ग्रुपका प्रेसिडेन्ट इस्लामले नेपालमा आर्ट फर पिस विषयमा गरिएको प्रदर्शनी भविष्यमा अन्य देशमा पनि गर्न सकिने बताउँदै प्रदर्शनीमा सहभागी सम्पूर्ण कलाकारप्रति आभार व्यक्त गरे ।

कलामार्फत शान्ति, मानवता र वैश्विक मित्रताको सन्देश दिने उद्देश्यले आयोजना गरिएको प्रदर्शनीमा नेपाल, भारत र बङ्गलादेशका १०० युवा तथा अग्रज कलाकारका कलाकृति समावेश गरिएका छन् । 

कार्यक्रममा प्रतिष्ठानका पदाधिकारी, कलाकार, पत्रकारलगायतको सहभागिता रहेको थियो । प्रदर्शनी माघ १० गतेसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति : ४ माघ २०८२, आइतबार  ६ : ४५ बजे

मोबाइलमै भएको डिजिटल राहदानी र भिसा मान्य हुने

काठमाडौं– अध्यागमन विभागले मोबाइल एपमा उपलब्ध डिजिटल राहदानी र भिसा

चिलिमे र माथिल्लो त्रिशूली-१ को सुरूङभित्र एकै दिन ९ शव भेटिए

रसुवा– रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह

भारतबाट थप १६० ग्यास बुलेट ल्याइँदै : डेराका विद्यार्थी, सुत्केरी र गर्भवतीलाई पहिलो प्राथमिकता

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले १६० वटा अतिरिक्त ग्यास

कांग्रेस महाधिवेशनमा करिब सात हजार प्रतिनिधि सहभागी हुने

काठमाडौं– नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सात हजार हाराहारीमा महाधिवेशन प्रतिनिधि

यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य छ निर्णय

काठमाडौं– सरकारले सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउने सम्बन्धी