उम्मेदवारबारे एमाले ओखलढुंगामा किचलो, जिल्ला कार्यालयमा तालाबन्दी, अध्यक्षले हात उठाए « Khabarhub

उम्मेदवारबारे एमाले ओखलढुंगामा किचलो, जिल्ला कार्यालयमा तालाबन्दी, अध्यक्षले हात उठाए


४ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


369
Shares
  • change font
  • change font
  • change font

ओखलढुंगा– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ओखलढुंगामा प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार चयनले किचलो जन्मिएको छ । लिखु गाउँपालिकाका उपाध्यक्ष अस्मिता थापालाई अध्यक्ष केपी शर्मा ओलीले टिकट दिएपछि सुरू भएको असन्तुष्टि एमाले जिल्ला पार्टी कार्यालयमा अनिश्चितकालीन तालाबन्दीसम्म पुगेको छ।

केन्द्रीय कमिटीले जिल्ला कमिटीको सिफारिसलाई बेवास्ता गर्दै व्यक्तिगत पहुँचका आधारमा अस्मितालाई उम्मेदवार बनाएको भन्दै कार्यालयमै तालाबन्दी गरिएको हो।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जिल्ला कमिटीले गरेको छलफल, निर्णय र सर्वसम्मत सिफारिसलाई बेवास्ता गरिएको भन्दै आइतबार संयुक्त विज्ञप्ति जारी गरिएको छ।

राष्ट्रिय युवा संघ नेपाल, अनेरास्ववियु, अखिल नेपाल महिला संघ र नेपाल खेलकुद महासंघले संयुक्त विज्ञप्ति जारी गर्दै केन्द्रीय कमिटीको निर्णयप्रति आपत्ति जनाएका हुन्।

विज्ञप्तिमा पार्टीको विधि, विधान र सिद्धान्तविपरीत उम्मेदवार चयन गरिएको उल्लेख गरिएको छ। निर्णय नसच्याएसम्म जिल्ला पार्टी कार्यालयमा तालाबन्दी कायम राखिने चेतावनी दिइएको छ।

राष्ट्रिय युवा संघ नेपाल ओखलढुंगा अध्यक्ष विवेक तामाङले पार्टीको आन्तरिक लोकतन्त्रको अपमान भएकाले बाध्य भएर यस्तो कदम चाल्नुपरेको बताए।

जिल्ला कमिटीले पनि सर्वसम्मत निर्णयको बेवास्ता हुँदा पार्टीभित्र गम्भीर असन्तोष र आक्रोश पैदा भएको जनाएको छ। अध्यक्ष ज्ञानबहादुर खड्कालले जिल्ला कमिटीको सिफारिसविपरीत चयन गरिएका उम्मेदवारलाई सहयोग गर्न नसकिने जनाएका छन् ।

स्थानीय नेता तथा कार्यकर्ताले केन्द्रीय कमिटीको निर्णय पुनरावलोकन गर्न माग गरेका छन्। उम्मेदवार चयनलाई लिएर बढ्दो विवादले एमाले ओखलढुंगाको संगठनात्मक अवस्था थप जटिल बन्दै गएको छ।

जिल्ला कमिटीले प्रतिनिधिसभा उम्मेदवारका लागि ईश्वर पोखरेल, अम्बिरबाबु गुरुङ, यज्ञराज सुनुवार, ज्ञानबहादुर खड्का र नानिबाबु बुढाथोकीको नाम सर्वसम्मत सिफारिस गरेको थियो।

तर बहालवाला जनप्रतिनिधि अस्मिता थापाको नाम जिल्ला कमिटीबाट सिफारिस नभएकै अवस्थामा ओलीले टिकट दिएपछि कलह सुरू भएको हो।

प्रकाशित मिति : ४ माघ २०८२, आइतबार  ६ : ३८ बजे

ओली बोलाउँदा गुन्डु गएनन् शंकर र विष्णु, भने – प्रतिवेदनबाटै जवाफ दिन्छौं

काठमाडौं – नेकपा (एमाले)को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलका

चिनी महँगिएको गुनासोबीच विभागले भन्यो : प्रतिकेजी ११० रुपैयाँमै बिक्री भइरहेको छ

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ उपत्यकाका

नागार्जुनमा करोडौँको अनियमितता : अख्तियारको छापापछि प्रमाण लुकाउन खडा गरियो नयाँ स्रेस्ता

काठमाडौं- काठमाडौँको नागार्जुन नगरपालिकामा गैरकानूनी बढुवा, जिन्सी खरिदमा फर्जी कागजात

भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार

जटिल रोगका बिरामीलाई बागमती प्रदेश सरकारले उपचारमा सहुलियत दिइने

मकवानपुर– बागमती प्रदेश सरकारले क्यान्सर, हृदयाघात तथा महिलामा हुने पाठेघरको मुखको