स्वागत नेपाल राप्रपाबाट टिकट लिएर सभामुख घिमिरेविरुद्ध झापा–२ मा प्रतिस्पर्धा गर्ने « Khabarhub

स्वागत नेपाल राप्रपाबाट टिकट लिएर सभामुख घिमिरेविरुद्ध झापा–२ मा प्रतिस्पर्धा गर्ने


४ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

झापा- ‘स्वागत नेपाल’ नामले परिचित भद्रप्रसाद नेपालले फेरि झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन्।

आगामी फागुन २१ गते हुने निर्वाचनका लागि उनी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को तर्फबाट उम्मेदवार बन्न लागेका हुन्।

अधिवक्तासमेत रहेका नेपालले सोमबार राप्रपाको केन्द्रीय कार्यालयमा झापा–२ का लागि औपचारिक रूपमा उम्मेदवारी घोषणा गर्ने कार्यक्रम तय भएको छ।

राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार पार्टीलाई बलियो राष्ट्रवादी केन्द्र र निर्णायक राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने उद्देश्यका साथ यो कदम चालिएको हो।

स्वागत नेपाल यसअघि २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि झापा–२ बाट उम्मेदवार बनेका थिए। उक्त निर्वाचनमा उनी हालका सभामुख तथा एमाले नेता देवराज घिमिरेसँग झिनो मतान्तरले पराजित भएका थिए।

त्यसबेला घिमिरेले २६ हजार ६९७ मत ल्याएर विजयी हुँदा नेपालले २६ हजार ४४१ मत प्राप्त गरेका थिए।

यसपटक पनि झापा–२ मा पुनः प्रतिस्पर्धा दोहोरिने देखिएको छ। एमालेले सभामुख घिमिरेलाई यही क्षेत्रबाट शनिबार पुनः टिकट दिएको छ।

झापा–२ मा स्वागत नेपाल र देवराज घिमिरेबीच फेरि कडा चुनावी भिडन्त हुने संकेत देखिएको छ।

प्रकाशित मिति : ४ माघ २०८२, आइतबार  ७ : ०४ बजे

नागार्जुनमा करोडौँको अनियमितता : अख्तियारको छापापछि प्रमाण लुकाउन खडा गरियो नयाँ स्रेस्ता

काठमाडौं- काठमाडौँको नागार्जुन नगरपालिकामा गैरकानूनी बढुवा, जिन्सी खरिदमा फर्जी कागजात

भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार

जटिल रोगका बिरामीलाई बागमती प्रदेश सरकारले उपचारमा सहुलियत दिइने

मकवानपुर– बागमती प्रदेश सरकारले क्यान्सर, हृदयाघात तथा महिलामा हुने पाठेघरको मुखको

चामे-बेँसीसहर सडक अवरुद्ध

मनाङ– हिमाली जिल्ला मनाङको लाइफलाइन मानिएको चामे-बेँसीसहर सडकमा पहिरो खस्दा

कांग्रेसमा निषेध अभियान सुरू, गुरु घिमिरेलाई ‘टीके’ भन्दै मुगु पस्न नदिने इतरको घोषणा

मुगु- नेपाली कांग्रेसको संस्थापन इतर समूहले महामन्त्री गुरुराज घिमिरेलाई मुगु