स्वागत नेपाल राप्रपाबाट टिकट लिएर सभामुख घिमिरेविरुद्ध झापा–२ मा प्रतिस्पर्धा गर्ने « Khabarhub

स्वागत नेपाल राप्रपाबाट टिकट लिएर सभामुख घिमिरेविरुद्ध झापा–२ मा प्रतिस्पर्धा गर्ने


४ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

झापा- ‘स्वागत नेपाल’ नामले परिचित भद्रप्रसाद नेपालले फेरि झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन्।

आगामी फागुन २१ गते हुने निर्वाचनका लागि उनी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को तर्फबाट उम्मेदवार बन्न लागेका हुन्।

अधिवक्तासमेत रहेका नेपालले सोमबार राप्रपाको केन्द्रीय कार्यालयमा झापा–२ का लागि औपचारिक रूपमा उम्मेदवारी घोषणा गर्ने कार्यक्रम तय भएको छ।

राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार पार्टीलाई बलियो राष्ट्रवादी केन्द्र र निर्णायक राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने उद्देश्यका साथ यो कदम चालिएको हो।

स्वागत नेपाल यसअघि २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि झापा–२ बाट उम्मेदवार बनेका थिए। उक्त निर्वाचनमा उनी हालका सभामुख तथा एमाले नेता देवराज घिमिरेसँग झिनो मतान्तरले पराजित भएका थिए।

त्यसबेला घिमिरेले २६ हजार ६९७ मत ल्याएर विजयी हुँदा नेपालले २६ हजार ४४१ मत प्राप्त गरेका थिए।

यसपटक पनि झापा–२ मा पुनः प्रतिस्पर्धा दोहोरिने देखिएको छ। एमालेले सभामुख घिमिरेलाई यही क्षेत्रबाट शनिबार पुनः टिकट दिएको छ।

झापा–२ मा स्वागत नेपाल र देवराज घिमिरेबीच फेरि कडा चुनावी भिडन्त हुने संकेत देखिएको छ।

प्रकाशित मिति : ४ माघ २०८२, आइतबार  ७ : ०४ बजे

इजरायलमा सरकार गठनका लागि अरब दल र विपक्षीबीच वार्ता

काठमाडौँ – इजरायलमा संसदीय निर्वाचनपछि वैकल्पिक सरकार गठन गर्ने विषयमा अरब

पशुपति क्षेत्र विकास कोषका दीर्घसेवी कर्मचारी आन्दोलित

काठमाडौँ – नयाँ नियमावलीमार्फत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया अघि

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई लिएर हवाई सुरक्षा सतर्कता

काठमाडौँ – भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश

स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

 काठमाडौँ  – सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्न

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम