बालेनपछि हर्कले दिए राजीनामा, सुनसरी १ बाट प्रतिनिधि सभामा उठ्ने « Khabarhub

बालेनपछि हर्कले दिए राजीनामा, सुनसरी १ बाट प्रतिनिधि सभामा उठ्ने


४ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

सुनसरी- धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क सम्पाङ)ले आइतबार साँझ पदबाट राजीनामा दिएका छन्। उनी श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हुन्। यो पार्टीले पछिल्लो समय कोशी प्रदेशमा पकड बनाइरहेको छ।

२०७९ को चुनावमा लौरो लिएर मेयर जितेका साम्पाङले सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाको चुनाव लड्न राजीनामा दिएका हुन्।

उनले धरानमा माओवादी केन्द्रबाट विजयी उपमेयर अइन्द्रबिक्रम बेघालाई राजीनामा पत्र बुझाएका हुन्।

यसअघि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले पनि संसदीय चुनाव लड्न राजीनामा दिएका छन्।

उनले राजीनामासँगै रास्वपा वरिष्ठ नेताका रुपमा काम पनि थालेका छन् । बालेन्द्रले झापा ५ मा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग लड्ने बताइरहेका छन् ।

तर उनले काठमाडौं क्षेत्र नम्बर २ पनि होल्डमा राखेका छन् । काठमाडौं २ मा २०७९ सालमा विजयी सोबिता गौतमलाई चितवन ३ पठाएर उक्त क्षेत्र होल्डमा राखिएको छ।

बालेन्द्र राजीनामा दिएर आइतबार नै जनकपुर पुगिसकेका छन् । त्यहाँ रास्वपा सभापति रवि लामिछाने र उनले पार्टीको चुनावी अभियान थाल्दैछन् । बालेनलाई रविले पकड कमजोर भएको मधेशमा ‘मधेश पुत्र’ का नाममा भोट तान्ने माध्यम बनाउन खोजिरहेका छन्।

प्रकाशित मिति : ४ माघ २०८२, आइतबार  ७ : ०८ बजे

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच

मुलुकलाई जोगाउन आन्दोलनको विकल्प छैन: अध्यक्ष ओली

काठमाडाैँ – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि फ्रान्सका राजदूत पुइगिन्जाको शिष्टाचार भेट

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत