‘आदिवासी जनजाति महिलाको सशक्त सहभागिता बिना समावेशी विकास असम्भव’ « Khabarhub

‘आदिवासी जनजाति महिलाको सशक्त सहभागिता बिना समावेशी विकास असम्भव’


४ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले आदिवासी जनजाति महिलाको सशक्त, अर्थपूर्ण र निर्णायक सहभागिता बिना समावेशी विकास सम्भव नहुने बताएकी छन् । 

उनले संसद् र नीति निर्माण तहमा आदिवासी जनजाति महिलाको उल्लेखनीय उपस्थिति भएमा मात्र दिगो र समावेशी विकासको लक्ष्य हासिल गर्न सकिने धारणा राखिन् ।

राष्ट्रिय आदिवासी जनजाति महिला महासङ्घको २५औँ रजत जयन्तीका अवसरमा आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले लैङ्गिक असमानता, सामाजिक विभेद, आर्थिक अवसरको सीमितता र सांस्कृतिक बहिष्करण आज पनि आदिवासी जनजाति महिलाका मुख्य चुनौतीका रूपमा रहेको बताइन्।

उनले भनिन्, ‘शिक्षा, सचेतनामूलक अभियान, समुदायस्तरीय सशक्तिकरण र संस्थागत पैरवीमार्फत यी चुनौती समाधान गर्न सकिन्छ । यसका लागि एकीकृत प्रयास आवश्यक छ ।’

मन्त्री श्रेष्ठले संविधानले सुनिश्चित गरेका समावेशिता, समानता र सामाजिक न्यायका सिद्धान्तलाई व्यवहारमा उतार्न आदिवासी जनजाति महिलाको सक्रिय सहभागिता अनिवार्य रहेको बताइन् । 

उनले महिलाको मतदाता सहभागिता बढाउने, महिला उम्मेदवारी प्रवर्द्धन गर्ने तथा ज्येष्ठ नागरिक र सीमान्तकृत समुदायको सहभागिता सुनिश्चित गर्न मन्त्रालय सक्रिय रहेको बताइन्। 

‘विशेष गरी नीति निर्माण तहमा सीमित प्रतिनिधित्व रहेको आदिवासी जनजाति महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न म प्रतिबद्ध छु,’ उनले भनिन् । 
 

प्रकाशित मिति : ४ माघ २०८२, आइतबार  ७ : ४७ बजे

कुलमान भन्छन् : चिलिमे विद्युत्गृहको मुख्य पहुँच सुरुङ नै अवरुद्ध हुँदा उद्धारकार्य कठिन बन्यो

काठमाडौं- उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं चिलिमे जलविद्युत् आयोजनाका पूर्वप्रमुख

बाढी प्रभावित ग्राहकलाई विद्युत् सेवामा राहत

काठमाडौं- सरकारले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका परिवार तथा

राष्ट्रियसभामा चाडपर्वअघि उपभोग्य वस्तुको सहज आपूर्तिको माग

 काठमाडौं- राष्ट्रियसभाका सदस्यहरूले दशैँ, तिहारलगायत ठूला चाडपर्व नजिकिँदै गर्दा खाना पकाउने

बाढीपीडितको खोजी र उद्धारमा सरकारले अहंकार देखायो : सांसद घिमिरे

काठमाडौं– नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य वासुदेव घिमिरेले रसुवाको भोटेकोशी