पूर्णबहादुर खड्काले भने : नयाँ पार्टी र स्वतन्त्र उम्मेदवारीबारेका हल्ला निराधार हुन् « Khabarhub

पूर्णबहादुर खड्काले भने : नयाँ पार्टी र स्वतन्त्र उम्मेदवारीबारेका हल्ला निराधार हुन्


४ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शेरबहादुर देउवा पक्षीय कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले निर्वाचन आयोगको निर्णयविरुद्ध पार्टीको आधिकारिकताको वैधानिक दाबी र कानुनी उपचारका लागि सर्वोच्च अदालत पुगेको जानकारी दिएका छन् ।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै खड्काले २०८२ माघ ३ गते सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले सर्वसम्मत रूपमा लिएको निर्णयअनुसार न्याय पाउने विश्वासका साथ सर्वोच्च अदालत गएको उल्लेख गरेका हुन् । उनले सर्वोच्च अदालतको निर्णय कांग्रेसका लागि स्वीकार्य र मान्य हुने स्पष्ट गरेका छन् ।

खड्काले कांग्रेसको चुनाव चिन्ह ‘रुख’ बाहेक अन्य कुनै विकल्पको कल्पना पनि गर्न नसकिने बताउँदै नयाँ पार्टी खोल्ने वा स्वतन्त्र उम्मेदवार बन्ने जस्ता बजारमा फैलाइएका हल्लाहरू निराधार भएको दाबी गरेका छन् ।

उनले यस्ता गलत हल्लाको पछि नलाग्न पार्टीका सबै साथीहरू, शुभेच्छुकहरू तथा आम मतदाताहरूलाई आग्रह गर्दै पार्टी एकताबद्ध भएर कानुनी बाटोमार्फत न्यायका लागि अघि बढिरहेको स्पष्ट पारेका छन् ।

प्रकाशित मिति : ४ माघ २०८२, आइतबार  १० : १५ बजे

नभसुरक्षामा नेपाली सेना सक्रिय

काठमाडौं – नेपाली सेनाको हवाई सेवाले दुई लाख घण्टाभन्दा बढी

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित

काठमाडाैं – कप्तान दीपेन्द्रसिंह ऐरीको अविजित अर्धशतकप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल

पोखराविरुद्ध सुदूरपश्चिमलाई चौथो झट्का, इशान पाण्डे आउट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम

चिकित्सा शिक्षा क्षेत्रमा राखिएका माग सम्बोधन गरिने

काठमाडौं – स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका आन्दोलनरत विभिन्न पक्षसँग

स्वयम्भू संरक्षणका लागि पाँच करोड ४० लाख बजेट स्वीकृत

काठमाडौँ – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूको संरक्षण तथा व्यवस्थापनका लागि