आज २०८२ साल फागुन ६ गते बुधबारको राशिफल « Khabarhub

आज २०८२ साल फागुन ६ गते बुधबारको राशिफल


६ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल फागुन ६ गते बुधबार फागुन शुक्ल पक्षको प्रतिपदा तिथि । तदनुसार सन् २०२६ फेब्रुअरी १८ तारिख। ग्याल्पो ल्होसार । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ । स्वास्थ्यमा सुधार हुनेछ । शिक्षाको क्षेत्रमा प्रगति हुनेछ । परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ । गुरुको सुझाव अनुसार अगाडि बढेमा व्यवहार सहज बन्नेछ । राजनीतिक क्षेत्रमा भने झुटो आश्वासनले सताउने देखिन्छ ।

वृष : स्वास्थ्यमा सुधार हुनेछ । विदेशमा भन्दा स्वदेशमा गरेको लगानीबाट फाइदा हुनेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ । सम्पत्ति अर्कोको हातमा पर्ने जोखिम छ । तपाईंले गरेको कामको जस मिल्ने छ ।

मिथुन : मिहिनेतको फल मिल्नेछ । काम गर्दा सचेत नभए खर्च बढ्ने छ । रोग बढ्ने देखिएकाले सचेत बन्नुपर्ने छ । शिक्षामा गरेको प्रयासबाट ढिलासुस्ती हुनेछ । पारिवारि भित्र खटपट हुनेछ । व्यवहार सुधार गर्न मिहिनेत गर्नु उचित हुन्छ ।

कर्कट : परिवारमा मेलमिलाप हुनेछ । बिहान उठेर धार्मिक कार्यमा सहभागी भएमा दिन शान्त बन्नेछ । सामाजिक र राजनीतिक क्षेत्रमा प्रगति हुनेछ । लगानी गरेमा फाइदा हुने योग छ । सम्पत्तिको सदुपयोग गर्नुपर्ने दिन छ ।

सिंह : साथीभाइले तपाईंको कामको प्रशंसा गर्नेछन् । प्राविधिक क्षेत्रमा गरेको लगानी सफल बन्नेछ । स्वादेशमा भन्दा विदेशतर्फको आकर्षण बढ्नेछ । परिवारमा विवाद हुँदा तर्क नगर्नु राम्रो हुनेछ ।

कन्या : आज सञ्चित धन खर्च हुने जोखिम रहेको छ । साथीभाइले कुरा काट्ने भएकाले सचेत बन्नुपर्ने समय छ । आज ठुलो कारोबारको सुरुवात नगर्नु राम्रो हुनेछ । काम गर्ने नै भए सहकार्य गरेर अगाडि बढ्नु फाइदाजनक हुनेछ ।

तुला : बौद्धिक क्षेत्रमा तपाईंले गरेको कामको चर्चा हुनेछ । परिवारबाट भन्दा घर भन्दा बाहिरबाट तपाईंको प्रशंसा हुनेछ । सम्पत्तिको सदुपयोग गर्नुपर्ने दिन छ । स्वास्थ्यमा सुधार हुनेछ । साथीको माया बढ्नेछ ।

वृश्चिक : दिन राम्रो छ । सहकर्मीसँग सहकार्य गर्नु राम्रो हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । प्रविधिक शिक्षामा गरेको प्रयास सफल बन्नेछ । सानो कुरामा ठुलो झन्झट आइपर्ने जोखिम देखिन्छ । आफ्न्तसँग जोगिएर काम गर्नुपर्ने दिन छ ।

धनु : दिन राम्रो छ । व्यापारमा गरेको प्रयास सफल बन्नेछ । पठनपाठनमा रुची बढ्नेछ । कपडाको लगानीबाट फाइदा हुने योग छ । कतै घुमफिर हुनसक्ने छ । शिक्षामा थप मिहिनेत गर्नुपर्ने छ । धार्मिक क्षेत्रमा मन जानेछ ।

मकर : दिन सामान्य छ । धार्मिक यात्रा हुनेछ । सञ्चित धन खर्च हुनेछ । राजनीतिक क्षेत्रमा झुक्याउने व्यक्ति धेरै भएकाले सचेत बन्नु राम्रो हुनेछ । यात्रामा मन शान्त हुनेछ । साथीसँगको व्यवहार सफल बन्नेछ ।

कुम्भ : तपाईंका लागि आजको दिनमा सामान्य छ । लगानीका क्षेत्रमध्ये शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । परिवारको साथमा बसेर रमाइलो गर्ने अवसर मिल्नेछ । राजनीतिक क्षेत्रमा पाइला अगाडि नसार्नु राम्रो हुनेछ ।

मीन : दिन सामान्य राम्रो छ । उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ । शिक्षाको क्षेत्रमा भने निरास बन्नुपर्ने अवस्था सिर्जना हुनसक्छ । राजनीतिमा समय नदिनु राम्रो हुनेछ । पश्चिमको लामो यात्रामा नजानुहोला उचित हुन्छ। थोरै बोलेर मिहिनेत गर्नु उचित हुन्छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०८२, बुधबार  ५ : १५ बजे

स्वास्थ्यमन्त्री मेहताको कडा कदम : २१ विशेषज्ञ चिकित्सकको काज फिर्ता

काठमाडौँ – पहुँच र शक्तिको आडमा वर्षौंदेखि सुगम तथा सुविधासम्पन्न

गृहमन्त्री गुरुङले बुझे ‘जेनजी’ आन्दोलनका घाइतेको अवस्था

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङ ‘जेनजी’ आन्दोलनका क्रममा घाइते भएकाको

गृहमन्त्री सुधन गुरुङ कार्यकक्षको सोफामै सुते

काठमाडौँ – निरन्तर काममा खटेका गृहमन्त्री सुधन गुरुङ मन्त्रालयमै आराम

एमालेको ‘घाम’ मा ‘बादल’ को छाया

काठमाडौँ – गठबन्धनको ‘गाउँ खाने कथा’ एमालेको ‘घाम’ माथि ‘कालो

भारत-नेपाल सहयोगः सामुदायिक विकासका सात परियोजना कार्यान्वयनको सम्झौता

काठमाडौँ – भारत सरकारले सामुदायिक विकासका सात परियोजना कार्यान्वयन गर्ने