इरान–अमेरिका वार्ताले सकारात्मक परिणाम निकाल्नेमा संयुक्त राष्ट्रसङ्घ आशावादी « Khabarhub

इरान–अमेरिका वार्ताले सकारात्मक परिणाम निकाल्नेमा संयुक्त राष्ट्रसङ्घ आशावादी


६ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– संयुक्त राष्ट्रसङ्का महासचिव एन्टोनियो गुटेरेसले इरान र अमेरिका बिचको वार्ताले निर्णायक र रचनात्मक परिणाम ल्याउने आशा व्यक्त गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घका महासचिवका प्रवक्ता स्टेफन डुजारिकले पत्रकारहरूसँगको साक्षातकारमा इरान र अमेरिकाबिचको अप्रत्यक्ष वार्ताको निरन्तरतालाई स्वागत गरेका छन् । जसको पहिलो चरण ओमानले आयोजना गरेको थियो भने दोस्रो चरण स्विजरल्याण्डको जेनेभामा भएको थियो ।

गुटेरेसले वार्ताले क्षेत्रीय तनाव तथा युद्धको अन्त्य गरी दिगो व्यवस्थापन गर्ने आशा व्यक्त गर्दै संयुक्त राष्ट्रको बडापत्र अनुसार द्वन्द्व समाधान गर्नुपर्ने कुरामा जोड दिए ।

तेहरान र वासिङ्टन बिचको अप्रत्यक्ष वार्ता फेब्रुअरी – ६ मा ओमानको राजधानी मस्कटमा सुरु भएको थियो । जहाँ इरानी र अमेरिकी प्रतिनिधिमण्डलले जेनेभामा दोस्रो चरणको वार्ता गर्न सहमत हुनु अघि ओमानी मध्यस्थता मार्फत विभिन्न दृष्टिकोण आदान–प्रदान गरेका थिए ।

प्रकाशित मिति : ६ फाल्गुन २०८२, बुधबार  २ : २१ बजे

पहिलो दिनको १२ घण्टे प्रशिक्षणमा रास्वपाले सांसदलाई के पढाउँदै छ ?

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि

चैते धानको समर्थन मूल्य तोक्न अध्ययन सुरु

काठमाडौँ– कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको कृषि विभागले चैते धानको

काबुलस्थित एक अस्पतालमा पाकिस्तानको हवाई आक्रमण, कम्तिमा ४०० जनाको मृत्यु

काठमाडौँ– अफगानिस्तानको राजधानी काबुलस्थित लागूऔषध प्रयोगकर्ताहरूको उपचार हुने एक अस्पतालमा

रास्वपा सभापति लामिछानेमाथिको मुद्दा फिर्ताविरुद्धको रिटमा आज पनि सुनुवाइ हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि लागेको सहकारी

लाङटाङ निकुञ्जका वन्यजन्तुबाट प्रभावित किसानलाई राहत वितरण

रसुवा– लाङटाङ राष्ट्रिय निकुञ्जभित्रका वन्यजन्तुबाट प्रभावित किसानलाई राहत प्रदान गरिएको