आज २०८२ साल चैत ४ गते बुधबारको राशिफल « Khabarhub

आज २०८२ साल चैत ४ गते बुधबारको राशिफल


४ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल चैत ४ गते बुधबार चैत कृष्ण पक्षको चतुर्दशी तिथि। तदनुसार सन् २०२६ मार्च १८ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेश:

मेष : दिन राम्रो छ। बोली र व्यवहारमा एकरुपता देखाउनु उचित हुनेछ। साना कुराले मनमा झन्झट बढ्नेछ। शास्त्रको अध्ययन गरेमा दिन सहज बन्नेछ। धार्मिक अभियन्तासँगको भेटले मन शान्त बन्नेछ।

वृष : दिन सुखद् रहेको छ। आज व्यापारबाट लाभ हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। तपाईंको काममा विपक्षीलेसमेत साथ दिनेछन्। शिक्षाको क्षेत्रमा गरेको प्रयासमा ढिलासुस्ती हुनेछ।

मिथुन : भाग्य राम्रो छ। थोरै लगानी गरे पनि आम्दानी राम्रो हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। अध्ययनमा जाँगर चल्नेछ। साथीभाइ र बन्धुसँगको सहकार्यले फाइदा मिल्नेछ। विदेशमा गरेको लगानीबाट नाफा हुनेछ।

कर्कट : दिन सामान्य छ। रोगसँग लड्ने क्षमता बढ्नेछ। आफ्ना साथीले भने साथ नदिएर हैरान पार्ने जोखिम रहेको छ। व्यापारमा घाटा हुनेछ। राज्यको तर्फबाट भने महत्त्वपूर्ण अवसर प्राप्त हुनेछ।

सिंह : व्यापारमा फाइदा हुनेछ। शिक्षामा भएको ढिलासुस्तीले सताउने छ। राजनीतिमा ठगले सताउने भएकाले सचेत बन्नुपर्नेछ। परिवारको तर्फबाट भने सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कन्या : दिन सामान्य छ। आज हिम्मत गरेर काम गर्नुपर्ने दिन छ। बोलीलाई परोपकारमा प्रयोग गर्नु उचित हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

तुला : आज गरेको कामबाट फाइदा हुनेछ। तपाईंको कला र गलाको प्रसंसा हुनेछ। अरुलाई समय दिएर स्वास्थ्यको ख्याल नगर्दा समस्या बढ्नसक्छ। शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ। लगानी गरेको भए सफलता मिल्नेछ। सहयाेगी मित्र बढ्ने छन्।

वृश्चिक : धेरै झन्झट देखिने जोखिम छ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्धमा सुधार हुने योग छ। दान गरेर दिनको सुरुवात गर्नु उचित हुनेछ।

धनु : दिन सामान्य छ। बोल्दा सचेत बन्नुपर्ने समय छ। बोली गोली जस्तै हुने भएकाले सोचेर बोल्नु उचित हुन्छ। आम्दानीभन्दा खर्च बढ्नेछ। परिवारभित्रका मान्छेले भन्दा बाहिरका व्यक्तिले प्रशंसा गर्नेछन्। उत्तरको यात्रा नगर्नु उचित हुनेछ।

मकर : दिन राम्रो छ। व्यापारमा फाइदा हुनेछ। दाजुभाइसँग सहकार्य गरेर काम गर्नु उचित हुनेछ। परिवारलाई विश्वास गर्दा धोका हुनेछ। शिक्षामा थप श्रम गर्नुपर्ने दिन छ।

कुम्भ : दिन सामान्य राम्रो छ। लगानी क्षेत्रमा जोखिम भएकाले सचेत बन्नुपर्नेछ। सामाजिक र धार्मिक क्षेत्रमा झुकाब रहनेछ। समय दिन सकेमा सफलता मिल्नेछ। जन्म कुण्डलीमा हेरेर कामको सुरुवात गर्नु उचित हुनेछ।

मीन : दिन सामान्य छ। शिक्षा र स्वास्थ्यमा गरेको प्रयास सफल हुनेछ। विपक्षीले तपाईंको निन्दा गर्नेछन्। परिवारको तर्फबाट साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुधार हुनेछ। व्यापारमा थप मिहिनेत गर्नुपर्ने छ।

प्रकाशित मिति : ४ चैत्र २०८२, बुधबार  ५ : ०० बजे

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन

एनपीएलमा श्रीलंकन कप्तान चरिथ असलंकाले विराटनगरबाट खेल्ने

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो

कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा गएको पहिरोपछि खोलिएको नयाँ ट्र्याकबाट

भोटेकोशी बाढी : ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

काठमाडौं – भोटेकोशीे बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक