सर्वोच्चले गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकताका दिनुका तीन आधार « Khabarhub

सर्वोच्चले गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकताका दिनुका तीन आधार


५ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


555
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सर्वोच्च अदालतले नेपाली कांग्रेसको विवादमा गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयलाई सदर गरेको छ । तत्कालीन सभापति शेरबहादुर देउवा पक्षले दायर गरेको रिट खारेज गर्दै सर्वोच्चले थापा पक्षलाई वैधानिकता दिनुका मुख्य तीन आधार प्रस्तुत गरेको छ ।

यो सर्वोच्चको फैसलासँगै कांग्रेसभित्रको पछिल्लो कानुनी विवाद अन्त्य भएको छ । अदालतले विधानको पालना, निर्वाचन आयोगको प्रक्रिया र आमनिर्वाचनको परिणामलाई आधार मानेर यस्तो फैसला सुनाएको हो ।

सर्वोच्चको फैसलाका तीन आधार

विधानअनुसार विशेष महाधिवेशनको माग र नेतृत्वको उदासीनता
नेपाली कांग्रेसको विधानको धारा १७ (२) मा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेमा विशेष महाधिवेशन बोलाउनुपर्ने अनिवार्य व्यवस्था छ । थापा पक्षले २०८२ असोज २९ गते नै सोही प्रावधानअनुसार माग गर्दा पनि तत्कालीन नेतृत्वले महाधिवेशन नबोलाएको अदालतको ठहर छ ।

सर्वोच्चले आफ्नो फैसलामा भनेको छ, “विधानले तोकेको दायित्व पूरा गर्न स्वयं निवेदक (देउवा पक्ष) उदासीन देखिएको र सभापतिले आफ्नो जिम्मेवारी पूरा नगरेको अवस्थामा भएको विशेष महाधिवेशनलाई अवैध मान्न सकिँदैन ।” विधानसम्मत माग हुँदाहुँदै बैठक नबोलाउनुलाई अदालतले नेतृत्वको कमजोरीका रूपमा व्याख्या गरेको छ ।

निर्वाचन आयोगको प्रक्रियामा कानुनी त्रुटि अभाव
निर्वाचन आयोगले थापा नेतृत्वको समितिलाई अद्यावधिक गर्दा हतार गरेको भन्ने देउवा पक्षको तर्कलाई अदालतले अस्वीकार गरिदिएको छ । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५१ बमोजिम दलका पदाधिकारी हेरफेर हुँदा विवरण अद्यावधिक गर्ने अधिकार आयोगलाई भएको फैसलामा उल्लेख छ ।

अदालतले आयोगको निर्णयमा कुनै कानुनी वा कार्यविधिगत त्रुटि नदेखिएको प्रष्ट पारेको छ । ऐनको दफा ४६ (२) अनुसार आयोगले गरेको यस्तो निर्णय अन्तिम हुने र यसमा हस्तक्षेप गर्नुपर्ने ठोस आधार नभएको सर्वोच्चको ठहर छ ।

आमनिर्वाचनको परिणाम
सर्वोच्चले गत फागुन २१ को आमनिर्वाचनमा भएको प्राविधिक र व्यावहारिक अभ्यासलाई पनि वैधानिकताको आधार बनाएको छ । सो निर्वाचनमा प्रत्यक्षतर्फ गगन थापाको हस्ताक्षरमा उम्मेदवारहरू चुनावी मैदानमा उत्रिएका थिए ।

निर्वाचन सम्पन्न भई परिणामसमेत आइसकेको अवस्थामा अहिले पुरानो समितिलाई वैध ठहर गर्नु अव्यावहारिक हुने अदालतको तर्क छ । “नयाँ पदाधिकारीको हस्ताक्षरबाट उम्मेदवारी दर्ता भई निर्वाचनसमेत भइसकेको अवस्थामा पुरानो समितिको दाबीको औचित्य समाप्त भइसकेको देखिन्छ,” फैसलामा भनिएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०८३, शनिबार  ६ : ३२ बजे

निजामती सेवामा समावेशी समूहको दुईतिहाई प्रतिनिधित्व भएको छ : अध्यक्ष रेग्मी

काठमाडौं– लोक सेवा आयोगले मुलुकको सार्वजनिक प्रशासनमा योग्यता, निष्पक्षता र

लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी

काठमाडौं– लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा आज प्रभातफेरी निकालिएको छ ।

रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित

घोराही– राष्ट्रिय स्वतन्त्र पार्टीको लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित

परराष्ट्रमन्त्री खनाल बेइजिङमा

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको चार

नेपाली कप्तानहरुको नजरमा फिफा विश्वकप

काठमाडौं– फिफा विश्वकप २०२६ बिहीबार मध्यरातबाट सुरु भइसक्यो । अमेरिका,