सांसद एवं उच्च सरकारी अधिकारीलाई सम्मान « Khabarhub

सांसद एवं उच्च सरकारी अधिकारीलाई सम्मान


५ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कान्तिपुर सिटी कलेज (केसिसी)ले सांसद तथा उच्च सरकारी ओहदामा पुगेका व्यक्तित्वलाई सम्मान प्रदान गरेको छ । 

सो कलेजका पूर्वविद्यार्थी एवं शिक्षक रही हाल सांसद निर्वाचित भएका तथा उच्च सरकारी ओहदामा पुगेका व्यक्तित्वलाई आज यहाँ आयोजित कार्यक्रममा सम्मान प्रदान गरिएको हो । 

सम्मानित हुनेमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद एवं सचेतक प्रकाशचन्द्र परियार, रास्वपाका सांसद जगदिश खरेल, नेपाली कांग्रेसका सांसद निस्कल राई, राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त डा. सुरेश आचार्य, प्रधानमन्त्रीका अनुसन्धान एवं प्रेसविज्ञ दीपा दाहाल र प्रधानमन्त्री सचिवालयका अधिकृत विनय शाक्य हुन्। 

समारोहमा रास्वपाका सांसद परियारले पछिल्लो समय मुलुकले सामान्य नभएर आमूल परिवर्तन खोजेकाले जनताको सोही भावनाअनुसारको परिवर्तनका लागि आफूहरू सदैव लागिरहने प्रतिबद्धता जनाए। 

कलेजका पूर्वविद्यार्थीसमेत रहेका सांसद परियारले आफ्नो व्यक्तित्व विकासका साथै मुलुकको पत्रकारिता, सूचना प्रविधि र इञ्जिनियरिङ क्षेत्रमा जनशक्ति उत्पादनका लागि केसीसीले पुर्‍याएको योगदानको प्रशंसा गरे। 

रास्वपाका सांसद एवं कलेजका पूर्वविद्यार्थी खरेलले शिक्षण संस्थामा राजनीतिक क्रियाकलाप गर्न नहुने सन्देश प्रवाह गर्न जरुरी रहेको उल्लेख गर्दै अविकास र बेथितिका कारण देश पछि परेकाले आफूहरूले यो वास्तविकतामा आधारित रहेर जिम्मेवारी बोधका साथ काम गर्ने प्रतिबद्धता जनाए। 

नेपाली कांग्रेसका सांसद एवं कलेजका पूर्वशिक्षक राईले वर्तमान सरकारले विकास, सामाजिक न्याय र पारदर्शिताका क्षेत्रमा काम गर्दै जेन-जी आन्दोलनको भावना बुझेर अघि बढ्न सुझाव दिए।

आमसञ्चार तथा पत्रकारिताका प्राध्यापक रामकृष्ण रेग्मीले मुलुकको परिवर्तनका आशाहरू हिजोका दिनमा पनि जनताले पटकपटक पाइरहेकाले अहिले राजनीतिमा उदाएको नयाँपुस्ताले ती आश्वासनलाई पूरा गर्नेगरी काम गर्न आग्रह गरे। अहिले युवापुस्ता निर्वाचित भएर आएकाले युवावर्गमा देखिएको उत्साह र उमङ्गलाई देश विकासमा लगाउने काममा ढिला नगर्न आग्रह गरे।    

राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त डा आचार्यले समयको महत्त्व र माग बुझेर काम गर्न युवापुस्ताको बाहुल्यता भएको संसद् र सरकारलाई आग्रह गरे। 

प्रधानमन्त्री बालेन्द्र शाहका अनुसन्धान तथा प्रेसविज्ञ दाहालले आफूलाई अवसर मात्र प्राप्त भएको नभई जिम्मेवारी बोध पनि भएकाले इमान्दारिताका साथ पदीय दायित्व पूरा गर्ने बताए। 

कलेजका अध्यक्ष डा. प्रल्हाद कार्की र प्राचार्य राजु कट्टेलले नेपालको शिक्षा क्षेत्रमा कलेजले पुर्याएको योगदानको चर्चा गर्दै निजी क्षेत्रलाई केवल नाफा कमाउने क्षेत्रका रूपमा मात्र नहेरी एउटा जिम्मेवार साझेदारका रूपमा व्यवहार गर्न सरकारसमक्ष आग्रह गरे ।

प्रकाशित मिति : ५ बैशाख २०८३, शनिबार  ३ : १० बजे

निर्वाचनपछि इरानमा आक्रमणको तयारी गर्दै अमेरिका, सतर्क रहन खाडी मुलुकलाई चेतावनी

काठमाडौँ- अमेरिकाले खाडी क्षेत्रका मुलुकहरूलाई आफ्नो मध्यावधि निर्वाचनपछि इरानविरुद्ध तीव्र सैन्य

नेपाल प्रिमियर लिग : पोखरा र सुदूरपश्चिम मैदानमा

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्ध

लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे

 काठमाडौँ – लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी

सरकारी वेबसाइटमा सुरक्षित एसएसएल/टीएलएस प्रमाणपत्र अनिवार्य

काठमाडौँ- सरकारले सबै सरकारी निकायका आधिकारिक वेबसाइटमा वैध एसएसएल/टीएलएस प्रमाणपत्र जडान

जडीबुटी तथा वनस्पतिसम्बन्धी अनुसन्धानबारे छलफल

काठमाडौं– नेपालमा जडीबुटी तथा वनस्पतिसम्बन्धी अनुसन्धानका विषयमा विज्ञान, प्रविधि तथा