नेता पौडेलको प्रश्न- ‘पर्दा भित्रबाट’ वामपन्थी एकताको चर्चा कसले चलायो ? « Khabarhub

नेता पौडेलको प्रश्न- ‘पर्दा भित्रबाट’ वामपन्थी एकताको चर्चा कसले चलायो ?


५ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एमाले)का नेता विष्णु पौडेलले अहिलेको समयमा वामपन्थी एकताको चर्चा असान्दर्भिक रहेकाे बताएका छन् ।

पौडेललेले वर्तमान यथार्थबाट ध्यान मोड्ने गरी ‘पर्दा भित्रबाट’ वामपन्थी एकताको असान्दर्भिक चर्चा भइरहेको उल्लेख गर्दै यस्तो विषय कसले र किन अघि बढाइरहेको हो भन्ने प्रश्नसमेत उठाएका छन्।

शनिबार सामाजिक सञ्जालमा लेख्दै उनले पार्टीको प्रतिनिधिसभा निर्वाचन परिणामप्रति गम्भीर समीक्षा र पुनर्गठन आजको प्राथमिक कार्यसूची भएको बताए ।

उनले एमालेका लागि निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा गर्नुपर्नेमा जोड दिँदै पार्टी पुनर्गठनलाई मुख्य एजेन्डा बनाउनुपर्ने धारणा व्यक्त गरेका हुन्।

उनले भनेका छन्, ‘नेकपा (एमाले) का लागि निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन आजको प्राथमिक कार्यसूची हो । यस यथार्थबाट अन्यत्र ध्यान मोड्ने गरी पर्दा भित्रबाट वामपन्थी एकताको असान्दर्भिक चर्चा कसले, किन चलाइरहेका हुन् ?’

प्रकाशित मिति : ५ बैशाख २०८३, शनिबार  ४ : ०० बजे

भीएआरले फिफालाई आपत् : स्विट्जरल्यान्डलाई दिइएको पेनाल्टीबारे के भन्यो ?

काठमाडौं- विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत कतार र स्विट्जरल्यान्डबीचको खेलमा भिडियो

राप्रपाले राष्ट्रवादी शक्तिको भूमिका निभाउन नसकेपछि नयाँ शक्ति बनायौँ : धवल शमशेर

काठमाडौं– राष्ट्रिय प्रजातान्त्रिक पार्टीबाट अलग भएका नेता  धवल शमशेर राणाले मुलुकमा

दुर्गा प्रसाईंको आरोप- राप्रपा राजा र धर्म साट्ने पार्टी हो

काठमाडौं– मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक

लुम्बिनीको बजेट सोमबार

लुम्बिनी–  लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट आगामी

हप्तामा ५ देखि ७ वटा अण्डा खाँदा अल्जाइमरको जोखिम २७ प्रतिशतले कम

काठमाडौं– अण्डाको सेवन दिमागका लागि फाइदाजनक हुन्छ कि हानिकारक ?