लेबनानमा भएको हमलामा एक शान्ति सैनिकको मृत्यु, तीन घाइते « Khabarhub

लेबनानमा भएको हमलामा एक शान्ति सैनिकको मृत्यु, तीन घाइते


५ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


858
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लेबनानमा तैनाथ संयुक्त राष्ट्रसंघीय शान्ति सेना (युनिफिल) माथि आक्रमण हुँदा एक सैनिकको ज्यान गएको छ । ज्यान गुमाउने सैनिक फ्रान्सेली रहेको अल जजीराले जनाएको छ । आक्रमणमा अरु तीन जना घाइते भएका छन् ।

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोंले सामाजिक सञ्जाल एक्समार्फत घटनाको पुष्टि गरेका हुन् । म्याक्रोंले आक्रमणमा लेबनानी सशस्त्र समूह हेज्बोल्लाहको संलग्नता रहेको सङ्केत गर्दै दोषीहरूलाई तत्काल पक्राउ गर्न लेबनानी अधिकारीहरूसँग माग गरेका छन् ।

प्राप्त प्रमाणहरूले हिजबुल्लाह नै यस घटनाका लागि जिम्मेवार रहेको उनले दाबी गरेका छन् । यसैबीच लेबनानका प्रधानमन्त्री नवाफ सलामले फ्रान्सेली शान्ति सैनिकमाथि भएको यस आक्रमणको कडा शब्दमा निन्दा गरेका छन् ।

उनले घटनाको संवेदनशीलतालाई ध्यानमा राख्दै तत्काल छानबिन गर्न निर्देशन समेत दिएका छन् । लेबनानमा युद्धविराम भएको केही समयपछि एक फ्रान्सेली सैनिकको ज्यान जानेगरी भएको शान्ति सैनिकमाथिको हमलापछि अनिश्चितता बढेर गएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०८३, शनिबार  ६ : ३१ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार