संसद्‍मा श्रम संस्कृतिको आवाज : प्रधानमन्त्री जवाफदेही बन्नै पर्छ, प्रश्नदेखि भाग्न पाइँदैन « Khabarhub

संसद्‍मा श्रम संस्कृतिको आवाज : प्रधानमन्त्री जवाफदेही बन्नै पर्छ, प्रश्नदेखि भाग्न पाइँदैन


४ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हर्कराज राई नेतृत्वको प्रतिपक्षी दल श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा बैठकभित्रै प्रदर्शन गरेको छ ।

प्रधानमन्त्री वालेन्द्र शाह संसद्प्रति जवाफदेही हुनुपर्ने भन्दै श्रम संस्कृति पार्टीका सांसदहरूले पर्चा देखाएर बैठकमा विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरूले प्रधानमन्त्री संसद्प्रति जवाफदेही बन्नै पर्छ, प्रश्नदेखि भाग्न पाइँदैन, जनमतलाई सम्मान गर, संसद् छलेर अध्यादेश ल्याउन बन्द गर, संसदीय जिम्मेवारी बहन गर लेखिएका पर्चा देखाए ।

सदनभित्रै श्रम संस्कृति पार्टीका सांसदहरूले पर्चा देखाएपछि सभामुख डोलप्रसाद अर्यालले आपत्ति प्रकट गरेका छन् ।

विरोधका आफ्नै शैली हुने भन्दै उनले सदनको मर्यादाबाहिर रहेर विरोध गर्ने काम बन्द गर्न उनले निर्देशन दिए । उनले सदनमा पर्चा देखाउने अभ्यास नरहेको स्मरणसमेत श्रम संस्कृतिका सांसदहरूलाई गराए ।

प्रकाशित मिति : ४ जेठ २०८३, सोमबार  १२ : १० बजे

बडादसैँ आजदेखि सुरु, घटस्थापना गरी जमरा राखिँदै

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २५ गते आइतबार सन् २०२६

कांग्रेसको उपसभापति र महामन्त्री पदको मतगणना जारी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदका

आज २०८३ साल असोज २५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २५ गते आइतबार सन् २०२६