संसद्‍मा श्रम संस्कृतिको आवाज : प्रधानमन्त्री जवाफदेही बन्नै पर्छ, प्रश्नदेखि भाग्न पाइँदैन « Khabarhub

संसद्‍मा श्रम संस्कृतिको आवाज : प्रधानमन्त्री जवाफदेही बन्नै पर्छ, प्रश्नदेखि भाग्न पाइँदैन


४ जेष्ठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हर्कराज राई नेतृत्वको प्रतिपक्षी दल श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा बैठकभित्रै प्रदर्शन गरेको छ ।

प्रधानमन्त्री वालेन्द्र शाह संसद्प्रति जवाफदेही हुनुपर्ने भन्दै श्रम संस्कृति पार्टीका सांसदहरूले पर्चा देखाएर बैठकमा विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरूले प्रधानमन्त्री संसद्प्रति जवाफदेही बन्नै पर्छ, प्रश्नदेखि भाग्न पाइँदैन, जनमतलाई सम्मान गर, संसद् छलेर अध्यादेश ल्याउन बन्द गर, संसदीय जिम्मेवारी बहन गर लेखिएका पर्चा देखाए ।

सदनभित्रै श्रम संस्कृति पार्टीका सांसदहरूले पर्चा देखाएपछि सभामुख डोलप्रसाद अर्यालले आपत्ति प्रकट गरेका छन् ।

विरोधका आफ्नै शैली हुने भन्दै उनले सदनको मर्यादाबाहिर रहेर विरोध गर्ने काम बन्द गर्न उनले निर्देशन दिए । उनले सदनमा पर्चा देखाउने अभ्यास नरहेको स्मरणसमेत श्रम संस्कृतिका सांसदहरूलाई गराए ।

प्रकाशित मिति : ४ जेष्ठ २०८३, सोमबार  १२ : १० बजे

बीपी राजमार्गको पहिरो र लेदो हटाइँदै

काठमाडौं– अविरल वर्षाका कारण अवरुद्ध बनेको बीपी राजमार्ग खुलाउने प्रयास

१७५ करोडमा बिक्यो शाहरुखको ‘किङ’ को विदेशी अधिकार

काठमाडौं– बलिउडका बादशाह शाहरुख खानको स्टारडम कति बलियो छ भन्ने

कान्सपछि अस्ट्रेलियामा पनि चम्कियो ‘एलिफेन्ट्स इन द फग’, अभिनेत्री लामालाई उत्कृष्ट अभिनयको अवार्ड

काठमाडौं– नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ले अन्तर्राष्ट्रिय फिल्म मञ्चमा

नौ जनाले जितिसके मोटरसाइकल र स्कुटर, म्याक्स टाइगरको अर्को भाग्यशाली को ?

काठमाडौं– म्याक्स टाइगरको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानअन्तर्गत देशका विभिन्न

हरिवंश ‘चिरञ्जीवी बाजे’ बनेर आउँदै

काठमाडौं– नेपाली फिल्म क्षेत्रमा सफल फिल्म ‘परान’मार्फत दर्शकको मन जितेका