नेपाली युवक अमृतलाई लागेको छ तस्करी आरोप, परराष्ट्रमन्त्रीले भने : युद्धअघि नै समातिएका उनी इरानी हिरासतमै छन् « Khabarhub

नेपाली युवक अमृतलाई लागेको छ तस्करी आरोप, परराष्ट्रमन्त्रीले भने : युद्धअघि नै समातिएका उनी इरानी हिरासतमै छन्


४ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले इरानमा पक्राउ परेका नेपाली नागरिक अमृत झाको रिहाइसम्बन्धी सार्वजनिक गरिएको सूचना गलत भएको स्वीकारेका छन्। उनले यस प्रकरणमा सामाजिक सञ्जालमै लेखेर क्षमायाचना गरेका छन् ।

मन्त्री खनालले सामाजिक सञ्जाल फेसबुकमार्फत इरानको क्वेशम द्वीपमा अवैध सामान तस्करी तथा ओसारपसारको आरोपमा पक्राउ परेका झा हाल पनि बन्दर अब्बासस्थित कारागारमा पुर्पक्षका लागि थुनामा रहेको जानकारी दिएका हुन् ।

उनका अनुसार जनवरी २०२६ को सुरुमा, अमेरिका–इजरायल र इरानबीच २८ फेब्रुअरीमा द्वन्द्व सुरु हुनुअघि नै अमृत झा र अन्य ६ विदेशी नागरिकलाई इरानी सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए ।

मन्त्री खनालले १५ अप्रिल २०२६ मा इरानका लागि नेपाली अनररी कन्सल शाहराम शान्तियले कतारस्थित नेपाली कार्यवाहक राजदूत कुमार राईलाई अमृत झा रिहा भएको जानकारी पठाएको बताएका छन् ।

त्यही सूचनाका आधारमा परराष्ट्र मन्त्रालयले झा रिहा भएको अनौपचारिक जानकारी सार्वजनिक गरेको खनालले बताएका छन् । आफूले पनि सामाजिक सञ्जालमार्फत उक्त विषय सार्वजनिक गरेको उनले स्वीकारेका छन् ।

तर केही दिनपछि प्राप्त नयाँ जानकारीअनुसार अमृत झा रिहा नभएको र सम्बन्धित मुद्दामा अदालतले ‘एक्स्पर्ट रिपोर्ट’ तयार गर्न आदेश दिएको खुलेको मन्त्री खनालले बताएका छन् ।

त्यसपछि मन्त्रालयका अधिकारीहरूले झाका परिवारलाई वास्तविक अवस्था जानकारी गराइसकेको उनले जनाएका छन् ।

इरानको स्थानीय अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा रिहा भएको अनौपचारिक सूचना सार्वजनिक हुँदा उत्पन्न अन्योल र असुविधाप्रति आफू क्षमाप्रार्थी रहेको मन्त्री खनालले उल्लेख गरेका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार हाल विज्ञ टोलीले ‘एक्स्पर्ट रिपोर्ट’ तयार गरी अदालतमा बुझाउने प्रक्रियामा रहेको छ । मन्त्रालयले अमृत झाको निष्पक्ष सुनुवाइ र कानुनी सहजीकरणका लागि कूटनीतिक पहल जारी राखेको जनाएको छ ।

प्रकाशित मिति : ४ जेठ २०८३, सोमबार  ४ : २१ बजे

कांग्रेस महाधिवेशन: मतदानको समय ७ बजेसम्म थपियो

काठमाडौँ – नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि

अचानक बिरामी भएका निश्कल अस्पतालबाटै माग्दैछन् भोट

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय सदस्यका उम्मेदवार निश्कल राई बिरामी परेका

मन्त्रीपरिषद्का चार निर्णय : अर्थक्वेक क्याटास्ट्रोफ बन्डदेखि खेलाडीलाई पुरस्कारसम्म

काठमाडौं– सरकारले विश्व बैंकसँग नेपाल अर्थक्वेक क्याटास्ट्रोफ बन्डसम्बन्धी म्यान्डेट एग्रिमेन्टमा

महानिरीक्षक कार्की र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता, सहयोगको प्रतिबद्धता

काठमाडौं- नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनले नेपाल प्रहरीका

राष्ट्रिय ग्रिडको ‘हुइलिङ चार्ज’ शुल्क महँगो भएको इप्पानको निष्कर्ष, पुनरावलोकन गर्न माग

काठमाडौं– विद्युत नियमन आयोगले २०८३ असोज १५ गते सार्वजनिक गरेको