डुबेर बालिकाको मृत्यु « Khabarhub

डुबेर बालिकाको मृत्यु


४ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

त्रिवेणी- नवलपरासी (बर्दघाट-सुस्ता-पूर्व) नवलपुरको गैँडाकोट नगरपालिका-४ स्थित जयश्री खोलाको भङ्गभङ्गे तालमा डुबेर एक जना बालिकाको मृत्यु भएको छ । 

आज दिउँसो गैँडाकोट-१ नवदुर्गा टोल निवासी मनिषा थापाकी ११ वर्षीया छोरी सजिना थापा पौडी खेल्ने क्रममा तालमा डुबेर बेपत्ता भएकी थिइन् ।

घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय गैँडाकोटबाट प्रहरी नायब निरीक्षक नवीन कटुवालको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो । 

प्रहरी टोलीले खोजतलास गर्ने क्रममा पानीको दहबाट मृत अवस्थामा सजिनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक अनिल पण्डितले जानकारी दिए । 

प्रकाशित मिति : ४ जेठ २०८३, सोमबार  ७ : २६ बजे

दुई जनाको उद्धार भएसँगै अझै आशाको किरण जीवितै छ : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले त्रिशूली ३ ए जलविद्युत् आयोजनाको सुरुङबाट

डेढ दशकपछि बन्दै काभ्रे प्रशासनको भवन

बनेपा– जिल्ला सदरमुकाम धुलिखेल नगरपालिका–७ स्थित सरस्वती बजार नजिक निर्माण

श्रीनगर विमानस्थलमा इन्डिगोको जहाज पार्किङका क्रममा खम्बामा ठोक्कियो

नयाँदिल्ली- श्रीनगर विमानस्थलमा इन्डिगो एयरलाइन्सको विमान पार्किङ गर्ने क्रममा खम्बामा

भारतलाई तेल आपूर्ति जारी राख्छौँ : रुसी राजदूत

नयाँदिल्ली– भारतको ऊर्जा आवश्यकता पूरा गर्न रुस प्रतिबद्ध रहेको भारतका

त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका दुईमध्ये एकको अवस्था जटिल

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको भीषण