विद्याको सदस्यताबारे एमाले भोजपुरका अध्यक्ष भन्छन् : यो जित र हारको विषय होइन « Khabarhub

विद्याको सदस्यताबारे एमाले भोजपुरका अध्यक्ष भन्छन् : यो जित र हारको विषय होइन


४ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


387
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण गर्ने नेकपा एमालेको निर्णयपछि मिश्रित प्रतिक्रिया आइरहेका छन् । कसैले पार्टी सखाप भइसकेपछिको यो निर्णयको अर्थ नरहेको बताएका छन् भने कसैले अब कम्युनिस्ट एकताको ढोका खुलेको ब्याख्या गरेका छन् ।

यही सन्दर्भमा भण्डारीको जन्मथलोसमेत रहेको भोजपुर एमालेका अध्यक्ष मकर खड्काले सदस्यता नवीकरणको विषयलाई जित र हारका रुपमा हेर्न नहुने बताएका छन् ।

उनले २०८२ साउन ५-७ गते केन्द्रीय कमिटीको बैठकले भण्डारीको सदस्यता नवीकरण नगर्ने भनेर गरेको निर्णयलाई अहिले सच्याउने काम भएको पनि प्रतिक्रिया दिएका छन्।

खड्काले पार्टी नेतृत्वबाट ढिलै भए पनि आएको यो निर्णयलाई राम्रो मान्नुपर्ने पनि सुझाएका छन् ।

‘यसलाई जित र हारको रूपमा होइन, पार्टीले निर्णय सँच्याएको रूपमा बुझ्नु राम्रो हुन्छ,’ उनले भनेका छन्, ‘ढिलो भयो तर पार्टीले राम्रो निर्णय गरेको छ ।’

प्रकाशित मिति : ४ जेठ २०८३, सोमबार  ७ : ४८ बजे

पहिरोमा परी एक विद्यार्थीको मृत्यु

तुलसीपुर– राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्डको अरिङ्गाले फेदीमा पहिरोमा परी दाङका

भोटेकोशी बाढी : एक हजार ३५७ जनाको शव भेटियो

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढी

जेन-जी शहीद दिवस : परिवारका आँखामा आँसु

काठमाडौं– जेन-जी सहिद दिवस विभिन्न कार्यक्रमको आयोजना गर्दै मंगलबार देशभर

चीनबाट चौथो चरणको आपत्कालीन राहत सामग्री काठमाडौं आइपुग्यो

काठमाडौं- चीनले नेपाललाई सहयोगस्वरूप उपलब्ध गराएको आपत्कालीन राहत सामग्रीको चौथो

‘जनताभन्दा सीडीओ–प्रहरी सरुवामा केन्द्रित हुँदा एमालेले जनमत गुमायो’

काठमाडौं- नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले जनतासँगको सम्बन्ध टाढिएका कारण