आईपीएल : हैदराबादविरुद्ध चेन्नईको मध्यम सुरुवात « Khabarhub

आईपीएल : हैदराबादविरुद्ध चेन्नईको मध्यम सुरुवात


४ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ६३औँ खेलमा आज चेन्नई सुपर किंग्स र सनराइजर्स हैदराबाद आमनेसामने भएका छन् ।

चेन्नईस्थित एम.ए. चिदम्बरम स्टेडियम (चेपक)मा भएको खेलमा चेन्नई सुपर किंग्सले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो ।

चेन्नई सुपर किंग्सले १२ ओभरको समाप्तिसम्म ४ विकेट गुमाएर १०० रन बनाएको छ । टोलीका लागि डेवाल्ड ब्रेविस र शिवम दुबे क्रिजमा रहेका छन् । यसअघि ऋतुराज गायकवाड १५ रन, कार्तिक शर्मा ३२ रन, उर्विल पटेल १३ रन र सञ्जु स्यामसन २७ रन बनाएर आउट भएका थिए ।

सनराइजर्स हैदराबादका लागि कप्तान प्याट कमिन्सले २ विकेट लिएका छन् भने साकिब हुसेनले १ विकेट हात पारेका छन् ।

प्लेअफको दौडका हिसाबले यो खेल दुवै टोलीका लागि अत्यन्तै महत्वपूर्ण छ । चेन्नई सुपर किंग्स हाल अंक तालिकामा छैटौँ स्थानमा छ भने सनराइजर्स हैदराबाद तेस्रो स्थानमा रहेको छ ।

अघिल्लो खेलमा लखनऊ सुपर जायन्ट्ससँग पराजित भएपछि चेन्नई सुपर किंग्सलाई प्लेअफ सम्भावना जोगाउन यो खेल जित्नै पर्ने दबाब छ । अर्कोतर्फ सनराइजर्स हैदराबाद भने जित निकाल्दै प्लेअफमा आफ्नो स्थान लगभग सुनिश्चित गर्ने लक्ष्यसहित मैदानमा उत्रिएको छ ।

प्रकाशित मिति : ४ जेठ २०८३, सोमबार  ८ : ५९ बजे

पहिरोमा परी एक विद्यार्थीको मृत्यु

तुलसीपुर– राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्डको अरिङ्गाले फेदीमा पहिरोमा परी दाङका

भोटेकोशी बाढी : एक हजार ३५७ जनाको शव भेटियो

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढी

जेन-जी शहीद दिवस : परिवारका आँखामा आँसु

काठमाडौं– जेन-जी सहिद दिवस विभिन्न कार्यक्रमको आयोजना गर्दै मंगलबार देशभर

चीनबाट चौथो चरणको आपत्कालीन राहत सामग्री काठमाडौं आइपुग्यो

काठमाडौं- चीनले नेपाललाई सहयोगस्वरूप उपलब्ध गराएको आपत्कालीन राहत सामग्रीको चौथो

‘जनताभन्दा सीडीओ–प्रहरी सरुवामा केन्द्रित हुँदा एमालेले जनमत गुमायो’

काठमाडौं- नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले जनतासँगको सम्बन्ध टाढिएका कारण