केप भर्डका गोलरक्षककी आमाले पाइन् अमेरिकी भिसा, मियामीमा भेट हुने « Khabarhub

केप भर्डका गोलरक्षककी आमाले पाइन् अमेरिकी भिसा, मियामीमा भेट हुने


४ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन – जारी फिफा विश्वकप २०२६ मा सनसनीपूर्ण प्रदर्शन गरिरहेका केप भर्डका चर्चित गोलरक्षक भोझिन्हाकी आमा आना कान्डिडा एभोराले अमेरिकाको भिसा पाएकी छन् । आगामी आइतबार मियामीमा हुने उरुग्वेविरुद्धको खेलअगावै उनी अमेरिका पुग्ने अमेरिकी तल्लो सदन (हाउस अफ रिप्रिजेन्टेटिभ्स) का ‘डेमोक्र्याटिक’ नेता हाकिम जेफ्रिजले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् ।

विश्वकपको उपाधि दाबेदार मानिएको स्पेनविरुद्धको खेलमा उत्कृष्ट बचाउ गर्दै टोलीलाई ०–० को बराबरी दिलाएपछि ४० वर्षीय गोलरक्षक भोझिन्हा एकाएक चर्चामा आएका थिए । खेलपछि उनले आर्थिक समस्या र भिसा शुल्क (बन्ड पेमेन्ट) बुझाउन नसक्दा आफ्नी आमा खेल हेर्न अमेरिका आउन नपाएको भन्दै दुःख व्यक्त गरेका थिए ।

भोझिन्हाको सोही भनाइ सार्वजनिक भएपछि अमेरिकी राजनीतिक वृत्त र कूटनीतिक निकायले यसमा चासो देखाएका थिए । अमेरिकी तल्लो सदनका अल्पसंख्यक नेता जेफ्रिजले इटाली मूलका अमेरिकी विदेशमन्त्री मार्को रुबियोलाई भोझिन्हाकी आमालाई मानवीय आधारमा देश प्रवेशको अनुमति दिन आग्रह गरेका थिए ।

कडा कूटनीतिक प्रयासपछि अमेरिकी विदेश मन्त्रालयले सबै प्रकारका भिसा शुल्क मिनाहा गर्दै आना कान्डिडाको यात्राको व्यवस्था मिलाएको हो । नेता जेफ्रिजले यस कार्यमा सहयोग गर्ने विदेशमन्त्री रुबियो, अमेरिकी विदेश मन्त्रालयका अधिकारी, केप भर्ड सरकार र विश्व फुटबलको सर्वोच्च निकाय फिफालाई धन्यवाद दिएका छन् ।

समूह ‘एच’ मा रहेको केप भर्डले आगामी आइतबार आफ्नो दोस्रो खेलमा उरुग्वेको सामना गर्दै छ । सोही खेलका दौरान मियामीको रंगशालामा भोझिन्हा र उनकी आमाबीच भेट गराइने तयारी भइरहेको छ ।

प्रकाशित मिति : ४ असार २०८३, बिहीबार  ६ : १७ बजे

पदाधिकारीमा आउन कांग्रेस नेताहरूको रस्साकस्सी, को-को छन् दाबेदार ?

काठमाडौं- नेपाली कांग्रेसमा १५औं महाधिवेशनको तयारी धमाधम चलिरहेको छ ।

चाडबाड हुने ठगी नियन्त्रण गर्न कोशीका १० स्थानमा यात्रु सहायता कक्ष स्थापना

काठमाडौं– चाडवाडका बेला यात्रु तथा अन्य सर्वसाधारणमाथि हुने ठगी र

गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी– खसीबोकापालन व्यवसाय आम्दानीको राम्रो स्रोत भएपछि यसलाई गुल्मीका कतिपय किसानले

काठमाडौं जिल्ला अदालतले डा. पाण्डेविरुद्धका निवेदनमा दिएन अन्तरकालीन आदेश

काठमाडौं– डा. रुद्र पाण्डेविरुद्ध गाली बेइज्जेती मुद्दा लिएर गएका कलेजलाई