केप भर्डका गोलरक्षककी आमाले पाइन् अमेरिकी भिसा, मियामीमा भेट हुने « Khabarhub

केप भर्डका गोलरक्षककी आमाले पाइन् अमेरिकी भिसा, मियामीमा भेट हुने


४ असार २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन – जारी फिफा विश्वकप २०२६ मा सनसनीपूर्ण प्रदर्शन गरिरहेका केप भर्डका चर्चित गोलरक्षक भोझिन्हाकी आमा आना कान्डिडा एभोराले अमेरिकाको भिसा पाएकी छन् । आगामी आइतबार मियामीमा हुने उरुग्वेविरुद्धको खेलअगावै उनी अमेरिका पुग्ने अमेरिकी तल्लो सदन (हाउस अफ रिप्रिजेन्टेटिभ्स) का ‘डेमोक्र्याटिक’ नेता हाकिम जेफ्रिजले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् ।

विश्वकपको उपाधि दाबेदार मानिएको स्पेनविरुद्धको खेलमा उत्कृष्ट बचाउ गर्दै टोलीलाई ०–० को बराबरी दिलाएपछि ४० वर्षीय गोलरक्षक भोझिन्हा एकाएक चर्चामा आएका थिए । खेलपछि उनले आर्थिक समस्या र भिसा शुल्क (बन्ड पेमेन्ट) बुझाउन नसक्दा आफ्नी आमा खेल हेर्न अमेरिका आउन नपाएको भन्दै दुःख व्यक्त गरेका थिए ।

भोझिन्हाको सोही भनाइ सार्वजनिक भएपछि अमेरिकी राजनीतिक वृत्त र कूटनीतिक निकायले यसमा चासो देखाएका थिए । अमेरिकी तल्लो सदनका अल्पसंख्यक नेता जेफ्रिजले इटाली मूलका अमेरिकी विदेशमन्त्री मार्को रुबियोलाई भोझिन्हाकी आमालाई मानवीय आधारमा देश प्रवेशको अनुमति दिन आग्रह गरेका थिए ।

कडा कूटनीतिक प्रयासपछि अमेरिकी विदेश मन्त्रालयले सबै प्रकारका भिसा शुल्क मिनाहा गर्दै आना कान्डिडाको यात्राको व्यवस्था मिलाएको हो । नेता जेफ्रिजले यस कार्यमा सहयोग गर्ने विदेशमन्त्री रुबियो, अमेरिकी विदेश मन्त्रालयका अधिकारी, केप भर्ड सरकार र विश्व फुटबलको सर्वोच्च निकाय फिफालाई धन्यवाद दिएका छन् ।

समूह ‘एच’ मा रहेको केप भर्डले आगामी आइतबार आफ्नो दोस्रो खेलमा उरुग्वेको सामना गर्दै छ । सोही खेलका दौरान मियामीको रंगशालामा भोझिन्हा र उनकी आमाबीच भेट गराइने तयारी भइरहेको छ ।

प्रकाशित मिति : ४ असार २०८३, बिहिबार  ६ : १७ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर