पत्रकारलाई सामाजिक सुरक्षा कोष र बीमामा जोड्दै बागमती प्रदेश सरकार « Khabarhub

पत्रकारलाई सामाजिक सुरक्षा कोष र बीमामा जोड्दै बागमती प्रदेश सरकार


४ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

बागमती– बागमती प्रदेश सरकारले प्रदेशभित्रका पत्रकारलाई सामाजिक सुरक्षा कोष र बीमामा जोड्ने तयारी गरेको छ ।

सरकारले आगामी आर्थिक वर्ष २०८३–०८४ को बजेटमा स्वतन्त्र प्रेसको सम्मानका लागि प्रदेशका पत्रकारलाई सामाजिक सुरक्षा कोष र बीमामा जोड्नका लागि एक करोड रुपैयाँ विनियोजन गरेको छ ।

तेह्र वटा जिल्लामा समेटिएको बागमती प्रदेशमा क्रियाशील पत्रकारको सङ्ख्या दुई हजार ५०० भन्दा बढी रहेको नेपाल पत्रकार महासङ्घ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारु मगरले जानकारी दिए ।

सरकारले पत्रकारहरूका लागि समाजिक सुरक्षा कोष र बीमामा जोड्नका लागि विनियोजित बजेटले उनीहरूको पेसागत सुरक्षाका लागि सहयोग पुग्ने बताउँदै उनले यसको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।

उक्त कार्यक्रमसहित सञ्चार क्षेत्रको हित र प्रवर्द्धनका लागि विनियोजित विभिन्न कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि पनि उहाँले सम्बन्धित सबैमा आग्रह गरेका छन् ।

प्रकाशित मिति : ४ असार २०८३, बिहीबार  ७ : ४८ बजे

कोशीमा पनि टुट्दै एमाले-ग्रेस गठबन्धन, मुख्यमन्त्री कार्की संकटमा

काठमाडौं– कोशी प्रदेशमा पनि नेकपा एमाले र नेपाली कांग्रेसबीचको गठबन्धन

मन्त्रिपरिषद्का सात निर्णय : मिटरब्याजपीडितसँग वार्ता टोली गठनदेखि नयाँ सिक्का टक्मरीसम्म

काठमाडौं- नेपाल सरकार मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले मिटरब्याज (अनुचित लेनदेन)

वालेन्द्रलाई राजेन्द्रले भने : गणतन्त्र र संघीयता भत्काउन तयार भए सरकारलाई सघाउँछौँ

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष

सुकुम्वासीको सामान साढे दुई महिनादेखि दशरथ रंगशालामा अलपत्र (तस्बिरहरू)

काठमाडौं– सरकारले गत वैशाखमा काठमाडौं उपत्यकाका नदी किनारमा रहेका सुकुम्वासी

रूस–युक्रेन द्वन्द्व चर्कियो, ड्रोन र क्षेप्यास्त्र आक्रमणमा पाँच जनाको मृत्यु

काठमाडौं– रूस र युक्रेनबीच जारी युद्धका क्रममा बिहीबार भएका ड्रोन