महिला तथा सामाजिक मामिलासहित तीनवटा समितिको बैठक बस्दै « Khabarhub

महिला तथा सामाजिक मामिलासहित तीनवटा समितिको बैठक बस्दै


४ असार २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न तीनवटा समितिका बैठक आज बस्दैछन् । आज महिला तथा सामाजिक मामिला समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका बैठक बस्न लागेका हुन् ।

महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान ९ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा समितिको स्थलगत अनुगमन भ्रमण सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

यस्तै, विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ बजे समितिको सभाकक्ष सिंहदरबारमा बस्नेछ । बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको आगामी आर्थिक वर्ष २०८३–०८४ का् बजेट तथा वार्षिक कार्यक्रमबारे छलफल हुनेछ । बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीलाई आमन्त्रण गरिएको छ ।

यसैगरी, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा आगामी स्थानीय तह निर्वाचनको पूर्वतयारी सम्बन्धमा छलफल गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : ४ असार २०८३, बिहिबार  ८ : १० बजे

साउदीमा ड्रोन आक्रमणमा नेपालीको मृत्यु: कामदारको सुरक्षा सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ – साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणका

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण: सिंचाइमा सहज

तुलसीपुर – दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा

बाढी र पहिरोले गोरखा–धादिङ सडक पूर्ण अवरुद्ध, बेनी–जोमसोम र कर्णाली राजमार्ग एकतर्फी

काठमाडौँ – बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग

जाभी रोड्रिग्वेजको दुई गोलमा सेल्टा भिगोको पुनरागमन जित

काठमाडौँ – स्पेनिस क्लब सेल्टा भिगोसँग पुनरागमन पराजय व्यहोरेपछि स्कटिस

ह्यारी ब्रुकले बनाए ऐतिहासिक दोहोरो शतक: क्रिस गेलको दुर्लभ कीर्तिमानमा गरे बराबरी

काठमाडौँ – इङ्गल्यान्डका कप्तान ह्यारी ब्रुकले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा