मुग्लिन-नारायणगढ सडकखण्डमा सुख्खा पहिरो: रातभर अवरुद्ध सडक खुल्यो « Khabarhub

मुग्लिन-नारायणगढ सडकखण्डमा सुख्खा पहिरो: रातभर अवरुद्ध सडक खुल्यो


४ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

चितवन – नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोला नजिकै सुख्खा पहिरो खस्दा प्रभावित बनेको यातायात सेवालाई पूर्ण रूपमा सुचारु गराउन बिहीबार बिहानैदेखि मेसिन परिचालन गरिएको छ । हिजो (बुधबार) राति ८:३० बजेतिर अचानक सुख्खा पहिरो खसेर सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो ।

सडक डिभिजन कार्यालय भरतपुर र सुरक्षाकर्मीको टोली तत्काल खटिएर करिब डेढ घण्टाको प्रयासपछि राति १० बजेदेखि सडक आंशिक रूपमा सञ्चालनमा ल्याइएको थियो ।

सडक डिभिजन भरतपुरका सडक सुपरभाइजर ईश्वर क्षेत्रीका अनुसार, राति एकतर्फी रूपमा गाडी सञ्चालन गरिए पनि बाँकी रहेको पहिरो हटाएर सडकलाई सुरक्षित र दुईतर्फी बनाउन अहिले तीव्र गतिमा काम भइरहेको छ । पहिरो पन्छाउने क्रममा गाडीको आवतजावत सुरक्षित राख्न सुरक्षाकर्मीको समन्वयमा केही समयका लागि सवारी साधनलाई रोक्दै, खुलाउँदै मेसिन प्रयोग गरी पहिरो हटाइएको सडक डिभिजनले जनाएको छ ।

काठमाडौँ र पोखरालाई चितवनसँग जोड्ने यो व्यस्त सडकखण्डमा पहिरोका कारण राति केही समय सवारीको लामो लाइन लागे पनि अहिले यातायातलाई सहज बनाउने प्रयास जारी छ ।

प्रकाशित मिति : ४ असार २०८३, बिहीबार  ८ : ३० बजे

आज २०८३ साल भदौ १४ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ १४ गते आइतबार सन् २०२६

फ्लड लाइटको उज्यालोमा रातभर चल्दैछ त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास

रसुवा – प्रतिकूल मौसम र रातको अँध्यारोका बीच बाढीका कारण

नेपालको विनाशकारी बाढीपछि भारतको राहत तथा उद्धार सहयोग तीव्र

काठमाडौं– भोटेकोशी क्षेत्रमा गत भदौ १० गते आएको विनाशकारी बाढीपछि

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक हवल्दार विष्टको शव पहिचान

कास्की – रसुवा बाढीमा परी बेपत्ता भएका नेपाल प्रहरीका प्रहरी