अमेरिका र इरान युद्ध रोक्ने सम्झौता: कच्चा तेलको मूल्य घट्यो, सेयर बजारमा उत्साह « Khabarhub

अमेरिका र इरान युद्ध रोक्ने सम्झौता: कच्चा तेलको मूल्य घट्यो, सेयर बजारमा उत्साह


४ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – संयुक्त राज्य अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने विषयमा अन्तरिम शान्ति सम्झौता मा हस्ताक्षर भएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएको छ भने विश्व सेयर बजारमा उत्साह छाएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले ‘उचित व्यवहार’ नगरे पुनः सैन्य कारबाही सुरु हुन सक्ने चेतावनी दिएपछि केही समय अस्थिर बनेको बजार सम्झौतासँगै पुनः लयमा फर्किएको हो।

बिहीबार बिहान एसियाली बजार खुल्ने बित्तिकै कच्चा तेलको मूल्य १.६ प्रतिशतले घटेको छ। आगामी अगस्टका लागि ब्रेन्ट फ्युचर्सको मूल्य प्रतिब्यारेल ७८.२३ डलर कायम भएको छ। यो मूल्य गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानविरुद्ध युद्ध सुरु गर्नुभन्दा ठीक अघिको तुलनामा मात्र ७ प्रतिशतले बढी हो। बुधबार राष्ट्रपति ट्रम्पको कडा टिप्पणीपछि तेलको मूल्य प्रतिब्यारेल ८१ डलर माथि पुगेको थियो।

चार महिनादेखि विश्वव्यापी ऊर्जा आपूर्ति शृङ्खलामा परेको अवरोध हट्ने विश्वासका साथ बिहीबार एसियाली सेयर बजारमा उल्लेख्य वृद्धि देखिएको छ। जापानको नेकी २२५ १.८ प्रतिशत र दक्षिण कोरियाको कोस्पी १.४ प्रतिशतले बढ्दै अहिलेसम्मकै उच्च विन्दुमा पुगेका छन्। त्यस्तै, ताइवानको ट्याइक्समा १.३ प्रतिशतको सुधार आउँदा हङकङको ह्याङसेङ भने अपवादका रूपमा १.७ प्रतिशतले ओरालो लागेको छ। अमेरिकी सेयर बजारका फ्युचर्स सूचकहमा पनि क्रमशः ०.८ र १.३ प्रतिशतको वृद्धि देखिएको छ।

वासिङ्टन र तेहरानबीचको वार्तामा मध्यस्थता गरेका पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले बुधबार अमेरिका–इरान समझदारी पत्र ‘तत्काल’ लागू भएको घोषणा गरेका छन्। सरिफका अनुसार इरानले महत्त्वपूर्ण स्ट्रेट अफ हर्मुज तुरुन्तै खुला गर्नेछ भने अमेरिकाले पनि इरानी बन्दरगारूमा लगाएको नौसैनिक नाकाबन्दी तत्काल हटाउनेछ।

प्रकाशित मिति : ४ असार २०८३, बिहीबार  १० : १६ बजे

बाढीपछि कति आयो अन्तरराष्ट्रिय सहयोग ?

काठमाडौं – रसुवाको भोटेकोशीमा यही भदौ १० गते बिहान आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएका सशस्त्रका परिवारलाई २५ लाख राहत, एपीएफबाट १५ करोड ५० लाख सहयोग

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालले रसुवाको भोटेकोशी नदीमा आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा बौद्धमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं – भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना

भोटेकोशी बाढी : १२ हजार ३८ जनाको उद्धार, एक हजार २८२ शव फेला

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु

उद्धार गर्न गएको सेना नै जब टनेलभित्र रात बिताउन बाध्य भयो

काठमाडौं – रसुवाको चिलिमे जलविद्युत् आयोजनाको आउटलेट टनेल क्षेत्रमा उद्धार