कञ्चनपुर जिल्ला अदालत : मुद्दा फर्छ्यौटमा सुधार « Khabarhub

कञ्चनपुर जिल्ला अदालत : मुद्दा फर्छ्यौटमा सुधार


२ श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– कञ्चनपुर जिल्ला अदालतले आर्थिक वर्ष २०८२–८३ मा ६९.३४ प्रतिशत मुद्दा फर्छ्यौट गरेको छ । अदालतले आर्थिक वर्ष २०८२–८३ को कार्यसम्पादन विवरण सार्वजनिक गर्दै मुद्दा फर्छ्यौटमा उल्लेखनीय सुधार गरेको तथ्याङ्कले देखाएको छ ।

शुक्रबार सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा जिल्ला अदालतका न्यायधीश राजेन्द्र भण्डारीले लक्ष्यको १०८ प्रतिशत मुद्दा फर्छ्यौट गरिएको जानकारी दिए ।

उनले अघिल्लो वर्षको जिम्मेवारी सरेर आएका ६८८ मुद्दा र नयाँँ दर्ता भएका एक हजार ५२० मुद्दा गरी दुई हजार २०८ मुद्दा दर्ता रहेका थिए । यसमा एक हजार ४११ वटा मुद्दा फर्छ्यौट गर्ने लक्ष्य रहेकोमा एक हजार ५२४ वटा मुद्दा फछ्र्यौट भएको जानकारी दिए । ‘६९.३४ प्रतिशत मुद्दा फछ्र्यौट भएको छ ।’ उनले भने, ‘६८४ मुद्दा फछ्र्यौट हुन बाँकी छ ।’

त्यसैगरी अदालतको तथ्याङ्कअनुसार जरिवाना असुलीतर्फ कुल ३० करोड १४ लाख ९७ हजार ३३२ रुपैयाँमध्ये पाँच करोड १३ लाख ५१ हजार ९०७ रुपैयाँ असुल भएको छ । २५ करोड एक लाख ४५ हजार ४०५ रुपैयाँ अझैँ सङ्कलन गर्न बाँकी रहेको छ ।

‘पछिल्लो समय मुद्दा दर्ताको सङ्ख्या बढी छ त्यसअनुसार स्रोत साधन नहुँदा समस्या भएको छ ।’ न्यायधीश भण्डारीले भने, ‘हाल दुई वटा ईजलास रहेको एउटा इजलास थप गर्न सकिए मुद्दा समयमै फछ्र्यौट हुन्छन ।’ उनले केही मुद्दाको प्रमाण समयमा नआउँदा फछ्र्यौटमा ढिलाइ हुने गरेको जानकारी दिए ।

अदालतले फैसला कार्यान्वयन फरार प्रतिवादी खोजी तथा जरिवाना र क्षतिपूर्ति असुली प्रक्रियालाई तीव्र बनाएपनि लक्ष्य अनुसारको काम हुन नसकेको जनाएको छ । मुद्दा फछ्र्यौटमा उल्लेखनीय सुधार भएपछि अदालत कर्मचारी एवं प्रहरी कर्मचारी सम्भावित भएका छन् ।

प्रकाशित मिति : २ श्रावण २०८३, शनिबार  ८ : ०५ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको