पाण्डेको निधनबाट राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो : सभापति थापा « Khabarhub

पाण्डेको निधनबाट राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो : सभापति थापा


२ श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक अगुवा डा. देवेन्द्रराज पाण्डेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।

आज सामाजिक सञ्जालमार्फत उनले नागरिक स्वतन्त्रता, समानता, मानव अधिकार र लोकतान्त्रिक चेतनाका पक्षमा जीवनभर निर्भिकतापूर्वक उभिएका नागरिक अगुवा डा. पाण्डेको निधनले राष्ट्रले एक प्रखर बौद्धिक व्यक्तित्व, नैतिक नेतृत्व र लोकतन्त्रको सजग पहरेदार गुमाएको उल्लेख गरेका छन् ।

उनले भनेका छन्– ‘नेपालको लोकतान्त्रिक आन्दोलनका निर्णायक मोडहरूमा उहाँले नागरिक तहबाट सङ्घर्षको समन्वय गर्दै निरंकुशताविरुद्ध दृढ आवाज उठाउनुभयो र नयाँ पुस्तालाई निरन्तर प्रेरित गरिरहनुभयो ।’

अर्थसचिव, अर्थमन्त्री, विकास चिन्तक तथा सुशासनका अभियन्ताका रूपमा उजले नेपालको अर्थतन्त्र, सार्वजनिक प्रशासन र विकाससम्बन्धी बहसलाई नयाँ दृष्टि दिएको थापाको भनाइ छ ।

सार्वजनिक जीवनमा पनण्डेले देखाएको इमानदारी, पारदर्शिता र नैतिक साहस भावी पुस्ताका लागि अमूल्य विरासत रहनेमा थापाले विश्वास व्यक्त गरेका छन् ।

‘सामाजिक सद्भाव, समानता र राष्ट्रिय एकताका पक्षमा उहाँले निर्वाह गरेको भूमिका विशेष स्मरणीय छ, उहाँले प्रज्वलित गर्नुभएको नागरिक चेतनाको दीप र छोड्नुभएको बौद्धिक सम्पदाले हामीलाई सधैँ मार्गदर्शन गरिरहनेछ’, सभापति थापाले भनेका छन् ।

डा. पाण्डेको शुक्रबार साँझ काठमाडौँको विशालनगरस्थित निवासमा ८७ वर्षको उमेरमा निधन भएको थियो । उनलाई शुक्रबार नै पाटन अस्पतालबाट निवास ल्याइएको थियो ।

प्रकाशित मिति : २ श्रावण २०८३, शनिबार  १० : १५ बजे

विष्णु पौडेलको रिहापछि अदालतप्रति रास्वपा सांसद यज्ञमणिको आक्रोश– ‘निर्मम समीक्षा गर्ने बेला भयो’

काठमाडौँ– नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष

वीरगन्ज भन्सारद्वारा साढे दुई खर्ब राजस्व सङ्कलन

काठमाडौँ– वीरगञ्ज भन्सार कार्यालयले गत आर्थिक वर्ष (आव) २०८२–८३ मा

साना नदीमा आकस्मिक बाढीको जोखिम

काठमाडौँ– आज देशका केही जिल्लाका साना नदी तथा खोलामा पानीको

उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट

दाङ– उच्च अदालत तुलसीपुरले आर्थिक वर्ष २०८२–८३ मा ७२५ वटा

महाकाली नदीमा फसेका युवकको उद्धार

महेन्द्रनगर– कञ्चनपुरको महाकाली नदीको टापुमा फसेका एक जना युवाको आज