भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघ्यो « Khabarhub

भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघ्यो


२ श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– गत महिना भेनेजुएलामा गएको दुई शक्तिशाली भूकम्पमा मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघेको छ । पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले ३४ करोड ६० लाख अमेरिकी डलर उपलब्ध गराएको अधिकारीहरूले शनिबार बताएका छन् ।

गत जुन २४ मा एक मिनेटको अन्तरालमा सात दशमलव दुई र सात दशमलव पाँच म्याग्निच्युडका दुई भूकम्प जाँदा राजधानी काराकासको उत्तरमा रहेको तटीय राज्य ला गुआइरा सबैभन्दा बढी प्रभावित भएको थियो ।

नेशनल एसेम्बलीका प्रमुख जर्ज रोड्रिगेजका अनुसार भूकम्पमा परी हालसम्म पाँच हजार ६९ जनाको मृत्यु भएको छ । अधिकांश मृतक तटीय क्षेत्रका बासिन्दा रहेका छन् ।

भूकम्पमा घाइते हुनेको सङ्ख्या १६ हजार ७४० पुगेको छ । यद्यपि अधिकांश घाइते उपचारपछि अस्पतालबाट घर फर्किसकेको अधिकारीहरूले जनाएका छन् ।

अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले भूकम्पपछिको पुनर्निर्माणका लागि आइएमएफबाट ३४ करोड ६० लाख अमेरिकी डलर प्राप्त भएको जानकारी दिए ।

आइएमएफकी प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभाले उक्त रकम उपलब्ध गराइएको पुष्टि गर्दै तत्काल मानवीय आवश्यकताको सम्बोधनका लागि भेनेजुएलाको आफ्नै सञ्चित स्रोत (रिजर्भ ट्राञ्च) प्रयोग गर्न सहयोग गरिएको बताए।

भूकम्पका कारण करिब २० हजार मानिस घरबारविहीन भएका छन् । उनीहरू अस्थायी शिविरमा बस्दै आएका छन्, जहाँ खानेपानी र सरसफाइको पर्याप्त व्यवस्था नभएको जनाइएको छ ।

भेनेजुएलासँग आइएमएफमा करिब पाँच अर्ब १० करोड अमेरिकी डलर बराबरको विशेष आहरण अधिकार (एसडीआर) मौज्दात रहेको छ । निकोलस मादुरोलाई राष्ट्रपति नमानिएका कारण यसअघि उक्त स्रोतको उपयोग रोकिएको थियो ।

यस वर्ष जनवरीमा निकोलस मादुरो सत्ताच्युत भएपछि आइएमएफ र विश्व बैंकले अप्रिलमा भेनेजुएलासँगको सहकार्य पुनःसुरु गरेका थिए । सन् २०१९ देखि यी संस्थासँगको सम्बन्ध स्थगित रहेको थियो ।

प्रकाशित मिति : २ श्रावण २०८३, शनिबार  १२ : ५७ बजे

हिजबुल्लाहले बनाएको दुई किलोमिटर लामो सुरुङमा इजरायलले विस्फोट गराउँदा ४.१ म्याग्निच्युडको भूकम्प

जेरूसेलम- इजरायलले दक्षिणी लेबनानमा हिजबुल्लाहले निर्माण गरेको २ किलोमिटरभन्दा लामो

शल्यक्रियापछि काममा फर्किइन् दीपाश्री, स्टुडियोको ढोका ढोगेर काम सुरु गरिन्

काठमाडौं – कलाकार तथा निर्देशक दीपाश्री निरौला ब्रेन ट्युमरको शल्यक्रिया

होल्डिङ सेन्टरमा घुम्ती स्वास्थ्य सेवा दिन निर्देशन

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले घुम्ती

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मधेसी आयोगको आर्थिक वर्ष २०८२-८३ को

भारत र रूस एसयु-५७ लडाकु विमान खरिदका लागि सम्झौतानजिक

नयाँदिल्ली- भारत र रूसबीच एसयु-५७ लडाकु विमान खरिदसम्बन्धी सम्झौतामा आज