इरानमा लगातार अमेरिकी सेनाको हवाई आक्रमण, सैन्य तथा ऊर्जा पूर्वाधार लक्षित « Khabarhub

इरानमा लगातार अमेरिकी सेनाको हवाई आक्रमण, सैन्य तथा ऊर्जा पूर्वाधार लक्षित


२ श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) ले इरानमा लगातार सातौं रात हवाई आक्रमण गरेको दाबी गरेको छ। सेन्टकमका अनुसार पछिल्लो आक्रमणमा इरानका ऊर्जा पूर्वाधार, सैन्य संरचना र अन्य रणनीतिक स्थलहरूलाई लक्षित गरिएको थियो।

सेन्टकमले शनिबार जारी गरेको विज्ञप्तिमा पछिल्ला कारबाहीहरूमा सैन्य पूर्वाधार, निगरानी केन्द्र, भूमिगत हतियार भण्डारण स्थल तथा समुद्री क्षमतासँग सम्बन्धित संरचनाहरूलाई निशाना बनाइएको उल्लेख गरेको छ।

अमेरिकी सेनाका अनुसार उक्त अभियानमा लडाकु विमान, ड्रोन, युद्धपोत तथा अन्य सैन्य उपकरणहरू प्रयोग गरिएको थियो। सेन्टकमले मध्यपूर्व क्षेत्रमा ५० हजारभन्दा बढी अमेरिकी सैन्य जनशक्ति तैनाथ रहेको र थप आक्रमणका लागि तयारी भइरहेको जनाएको छ।

यसैबीच, सेन्टकमले इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजिसी) ले गरेको दाबीलाई अस्वीकार गरेको छ। आईआरजिसीले होर्मुज जलडमरूमध्य क्षेत्रमा दुई तेल ट्याङ्करमा विस्फोट भएको घटनाबारे गरेको दाबी गलत रहेको अमेरिकी पक्षले जनाएको छ।

यसअघि सेन्टकमले रातारात सुरु गरिएको पछिल्लो आक्रमण अभियानको उद्देश्य इरानको सैन्य क्षमतालाई कमजोर बनाउनु रहेको बताएको थियो। यद्यपि, इरानले यस विषयमा कस्तो प्रतिक्रिया दिनेछ भन्ने विषयमा अन्तर्राष्ट्रिय समुदायको चासो बढेको छ।

प्रकाशित मिति : २ श्रावण २०८३, शनिबार  १ : ३९ बजे

विपत्‌मा नक्कली ‘क्यूआर कोड’ को जोखिम, आधिकारिक खाता जाँच्न आग्रह

काठमाडौँ – मुलुकमा आइपरेको प्राकृतिक विपत्‌को घडीमा सङ्कलन भइरहेको राहत

भोटेकोशी बाढी : मधेसका ५८ जना सम्पर्कविहीन, विवरण संकलन गर्दै प्रहरी

जनकपुरधाम– प्रदेश प्रहरीले भोटेकोशी  बाढीपछि सम्पर्कविहीन भएकाहरूको विवरण संकलन थालेको

जनै पूर्णिमामा नेवार समुदायले मनाउँछन् ‘गुन्हुँ पुन्ही’

श्रावण शुक्ल पूर्णिमाका दिन नेवार समुदायले विशेष रूपमा मनाउने पर्व

पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो

कास्की– त्रिशूली तथा नारायणी नदी किनारमा भेटिएका १०२ शव पहिचान