भारतद्वारा पहिलो निजी अर्बिटल रकेट सफलतापूर्वक प्रक्षेपण « Khabarhub

भारतद्वारा पहिलो निजी अर्बिटल रकेट सफलतापूर्वक प्रक्षेपण


२ श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

श्रीहरिकोटा – भारतले पहिलो पटक निजी क्षेत्रद्वारा निर्माण गरिएको अर्बिटल रकेट सफलतापूर्वक प्रक्षेपण गर्दै अन्तरिक्ष यात्रामा नयाँ इतिहास रचेको छ। भारतीय निजी कम्पनी स्काईरुट एरोस्पेसले निर्माण गरेको विक्रम–१ रकेटले शनिबार आफ्नो पहिलो परीक्षण उडान सफलतापूर्वक पूरा गरेको हो।

श्रीहरिकोटास्थित सतिश धावन अन्तरिक्ष केन्द्रबाट प्रक्षेपण गरिएको विक्रम–१ रकेटले साना उपग्रहहरूलाई पृथ्वीको तल्लो कक्ष (लो अर्थ अर्बिट) मा स्थापना गर्ने लक्ष्य राखेको छ। सफल प्रक्षेपणपछि स्काईरुट एरोस्पेसले सामाजिक सञ्जाल एक्समार्फत हेलो स्पेस, हामी आइपुग्यौँ! भन्दै भारतीय निजी क्षेत्रको पहिलो अर्बिटल प्रक्षेपण सफल भएको घोषणा गरेको छ।

करिब साततले भवन बराबर उचाइ रहेको विक्रम–१ रकेटले ३५० किलोग्रामसम्म पेलोड बोक्न सक्ने क्षमता राख्छ। परीक्षण उडानमा प्रयोगशालामा उत्पादित हीरा, अन्तरिक्षको फोहोर हटाउन सक्ने रोबोटिक उपकरण तथा १८ क्यारेट सुनबाट बनेको सानो रकेट पनि समावेश गरिएको थियो। उक्त सुनको रकेटमा भारतीय वैज्ञानिक विक्रम साराभाई, नोबेल पुरस्कार विजेता सी.भी. रामन तथा पूर्वराष्ट्रपति एवं अन्तरिक्ष वैज्ञानिक एपीजे अब्दुल कलामका साना मूर्तिहरू राखिएका थिए।

इन्डियन नेशनल स्पेस प्रमोशन एन्ड अथोराइजेसन सेन्टर (IN-SPACe) का अध्यक्ष पवन गोएन्काले यो उपलब्धिलाई भारतीय निजी अन्तरिक्ष उद्योगका लागि अपेक्षाभन्दा उत्कृष्ट सफलता भएको प्रतिक्रिया दिएका छन् ।

यस्तै, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसलाई ‘भारतको अन्तरिक्ष यात्राको ऐतिहासिक क्षण’ भन्दै निजी क्षेत्रको बढ्दो सहभागिताले नवप्रवर्तनका नयाँ अवसर सिर्जना गरेको बताए। उनले यस सफलताले युवापुस्तालाई ठूलो सपना देख्न र वैज्ञानिक अनुसन्धानमा अघि बढ्न प्रेरणा दिने विश्वास व्यक्त गरे।

विदेशमन्त्री एस. जयशङ्करले पनि सफल प्रक्षेपणप्रति खुशी व्यक्त गर्दै भारतको अन्तरिक्ष महत्वाकाङ्क्षा नयाँ उचाइमा पुगेको बताए।

यसैबीच, इसरोका पूर्व अध्यक्ष के. शिवनले रकेट प्रविधि अन्तरिक्ष क्षेत्रकै सबैभन्दा जटिल र चुनौतीपूर्ण प्रविधिमध्ये एक भएकाले स्काईरुटको सफलता भारतीय निजी क्षेत्रका लागि ठूलो उपलब्धि भएको उल्लेख गरे। उनका अनुसार यस सफलताले विश्वव्यापी अन्तरिक्ष उद्योगमा भारतको विश्वसनीयता र प्रतिष्ठा थप मजबुत बनाउनेछ।

सन् २०२० मा अन्तरिक्ष क्षेत्र निजी लगानीका लागि खुला गरिएपछि भारतको अन्तरिक्ष उद्योग तीव्र रूपमा विस्तार भइरहेको छ। हाल करिब ८.४ अर्ब अमेरिकी डलर बराबरको भारतीय अन्तरिक्ष अर्थतन्त्रमा ४०० भन्दा बढी निजी अन्तरिक्ष कम्पनी सक्रिय रहेका छन्। निजी क्षेत्रको बढ्दो सहभागिताले विश्व अन्तरिक्ष बजारमा भारतको उपस्थिति थप सुदृढ हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २ श्रावण २०८३, शनिबार  ६ : ५८ बजे

यामालसँगको तस्बिरबारे मेसीले भने : जीवनकै अविश्वसनीय संयोग

काठमाडौं – अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले स्पेनका युवा स्टार लामिने

राष्ट्रिय आयुर्वेद केन्द्रलाई उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्न मन्त्री मेहताको जोड

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले आज

म्याग्दीको विकासमा सघाउने मन्त्री पुनको प्रतिबद्धता

गण्डकी – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले म्याग्दीको बेनी–दरबाङ

गण्डकीका आठ जिल्लामा रात्रिकालीन यातायात बन्द गरिने

गण्डकी – जल तथा मौसम विज्ञान विभागले आज र आइतबार

अमेरिका–इरान तनाव चर्कियो, पानी शुद्धीकरण प्लान्टहरू पनि आक्रमणको निशानामा

काठमाडौं – अमेरिका र इरानबीचको बढ्दो तनावका बीच समुद्रको खारा