शैलुङका अवैध घरटहरा हटाउन १५ दिने अल्टिमेटम « Khabarhub

शैलुङका अवैध घरटहरा हटाउन १५ दिने अल्टिमेटम


२ श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

दोलखा- शैलुङ गाउँपालिकाले शैलुङ डाँडा तथा आसपासका क्षेत्रमा अनुमति बिना निर्माण गरिएका अस्थायी घरटहरा र पसल हटाउन सम्बन्धित पक्षलाई १५ दिनको समय दिएको छ ।

गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै प्राकृतिक सौन्दर्य संरक्षण, फोहोरमैला व्यवस्थापन र पर्यटकीय क्षेत्रलाई व्यवस्थित बनाउने उद्देश्यले अनधिकृत संरचना हटाउने निर्णय गरेको जनाएको हो ।

गाउँपालिकाका अनुसार कालापानी–शैलुङ मिनी ग्रेटवालदेखि शैलुङ डाँडासम्म अनुमति बिना अस्थायी टहरा निर्माण गरी व्यापार सञ्चालन भइरहेको छ । यस्ता संरचनाले क्षेत्रको प्राकृतिक सौन्दर्यमा असर पुर्‍याउनुका साथै फोहोर व्यवस्थापन र पर्यटकीय वातावरणमा समेत समस्या सिर्जना गरेको जनाइएको छ ।

गाउँपालिकाले अब उक्त क्षेत्रमा नयाँ संरचना निर्माण तथा व्यापार सञ्चालनमा रोक लगाएको छ । हाल सञ्चालनमा रहेका अस्थायी टहरा तथा पसलहरू सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र हटाउन निर्देशन दिइएको छ ।

प्रमुख प्रशासकीय अधिकृत सञ्जिव न्यौपानेद्वारा हस्ताक्षरित सूचनामा तोकिएको अवधिभित्र संरचना नहटाए प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी दिइएको छ ।

यसैबीच, डिभिजन वन कार्यालय दोलखाले पनि वन क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउने तयारी थालेको जनाएको छ । कार्यालयका अनुसार अदालतको आदेश प्राप्त भएपछि डोजर प्रयोग गरी अतिक्रमित संरचना हटाउने प्रक्रिया अघि बढाइनेछ ।

दोलखाको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको शैलुङ क्षेत्रमा पछिल्ला वर्ष पर्यटकको चाप बढेसँगै अव्यवस्थित रूपमा अस्थायी संरचना निर्माण र व्यापारिक गतिविधि बढ्दै गएको थियो । गाउँपालिकाले शैलुङलाई स्वच्छ, व्यवस्थित र आकर्षक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने लक्ष्यसहित अभियान अघि बढाएको जनाएको छ ।

यसअघि गाउँपालिकाले चालु आर्थिक वर्षदेखि कालापानी–मिनी ग्रेटवाल हुँदै शैलुङ प्रवेश गर्ने पर्यटकबाट प्रतिव्यक्ति ५० रुपैयाँ प्रवेश शुल्क लिने निर्णयसमेत गरेको छ । उक्त रकम फोहोर व्यवस्थापन, प्राकृतिक सम्पदा संरक्षण, पूर्वाधार विकास तथा पर्यटन प्रवर्द्धनमा खर्च गरिने गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २ श्रावण २०८३, शनिबार  ७ : ५५ बजे

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले अहिले चारजना उद्यमी तथा व्यवसायीहरूसँग छलफल

प्रधानमन्त्री राहत कोषमा सिबिफिन सचिव पौडेलद्वारा २५ लाख सहयोग

काठमाडौं– बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)का सचिव थानेश्वर

एमाले पुनर्गठन कार्यदलको बैठकमा पुग्दै नेताहरू (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेको ‘निर्वाचन समीक्षा र पार्टी पुनर्गठन कार्यदल’को बैठक

पैसा नभएकै कारण गर्भवतीलाई अस्पतालबाट फर्काइएको घटनाले बुबाको सम्झना आयो : सांसद अधिकारी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद लिमा अधिकारीले सप्तरीमा पैसाको अभावमा गर्भवती

प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता

 काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह र न्युजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच टेलिफोन वार्ता