अमेरिका–इरान तनाव चर्कियो, पानी शुद्धीकरण प्लान्टहरू पनि आक्रमणको निशानामा « Khabarhub

अमेरिका–इरान तनाव चर्कियो, पानी शुद्धीकरण प्लान्टहरू पनि आक्रमणको निशानामा


२ श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिका र इरानबीचको बढ्दो तनावका बीच समुद्रको खारा पानीलाई पिउनयोग्य बनाउने डिसालिनेसन (पानी शुद्धीकरण) प्लान्टहरू पनि आक्रमणको निशानामा पर्न थालेका छन् ।

इरानले शनिबार अमेरिकाले होर्मोजगान प्रान्तस्थित बोंजी डिसालिनेसन प्लान्टमा हवाई आक्रमण गरी ध्वस्त बनाएको दाबी गरेको छ । इरानी पक्षका अनुसार उक्त आक्रमणपछि आसपासका २० गाउँका करिब १० हजार बासिन्दाको खानेपानी आपूर्ति पूर्ण रूपमा अवरुद्ध भएको छ ।

स्थानीय अधिकारीहरूका अनुसार प्लान्ट नष्ट भएपछि प्रभावित क्षेत्रमा तत्काल वैकल्पिक खानेपानीको व्यवस्था गर्न कठिनाइ भइरहेको छ । यसले स्थानीय बासिन्दाको दैनिक जीवनमा गम्भीर असर परेको बताइएको छ ।

यता, कुवेतले पनि इरानले लगातार दोस्रो दिन आफ्नो पानी शुद्धीकरण प्लान्टलाई निशाना बनाएको आरोप लगाएको छ ।

कुवेती अधिकारीहरूका अनुसार देशमा प्रयोग हुने करिब ९० प्रतिशत पिउने पानी समुद्री खारा पानीलाई प्रशोधन गरेर उत्पादन गरिन्छ । त्यसैले यस्ता पूर्वाधारमा हुने कुनै पनि आक्रमणले देशको खानेपानी आपूर्तिमा गम्भीर संकट निम्त्याउन सक्ने चेतावनी दिइएको छ ।

कुवेतले मरुभूमि क्षेत्र भएको सानो देश भएकाले डिसालिनेसन प्लान्टहरू जीवनरेखा सरह रहेको उल्लेख गर्दै ती संरचनामा हुने क्षतिले जनजीवन नै जोखिममा पर्ने जनाएको छ ।

दुवै पक्षका आरोपबारे अमेरिकाले तत्काल कुनै आधिकारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन । यद्यपि पछिल्ला दिनहरूमा अमेरिका र इरानबीचको द्वन्द्वले सैन्य अखडा मात्र नभई अत्यावश्यक नागरिक पूर्वाधारहरू पनि प्रभावित हुन थालेको संकेत देखिएको छ ।

प्रकाशित मिति : २ श्रावण २०८३, शनिबार  ८ : ५० बजे

अस्ताए कर्तव्यनिष्ठ अधिकृत यादव भण्डारी, भोटेकोशीले बगाएर पुर्‍यायाे नारायणी किनारमा

काठमाडौँ– गुल्मीको जन्मघरबाट सुरु भएको यादव भण्डारीको जीवनयात्रा सरकारी सेवामा

काठमाडौँ उपत्यकामा गाईजात्राको रौनक (तस्बिरहरू)

काठमाडौँ– परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आजदेखि सुरु भएको छ ।

त्रिविका पदाधिकारी तथा कर्मचारीले दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले प्राकृतिक विपदबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका

त्रिशूलीले बगाएर ल्याएको बैंकको भल्ट फोडेर रकम निकाल्ने २९ जना पक्राउ

धादिङ– त्रिशूली नदीले बगाएर ल्याएको बैंकको सेफ (भल्ट) फोडेर रकम

रसुवा बाढी : ६१६ शव फेला, २ हजार ३०१ जनाको उद्धार

काठमाडौँ– रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीमा परी