म्याग्दीको विकासमा सघाउने मन्त्री पुनको प्रतिबद्धता « Khabarhub

म्याग्दीको विकासमा सघाउने मन्त्री पुनको प्रतिबद्धता


२ श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

गण्डकी – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले म्याग्दीको बेनी–दरबाङ सडकअन्तर्गत फापरखेतको पहिरो नियन्त्रणका लागि सक्दो प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

आज आफ्नो निर्वाचन क्षेत्रमा आउनुभएका मन्त्री पुनले सडकको निरीक्षणपछि यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । ‘चालु आर्थिक वर्षमा पहिरो नियन्त्रणका लागि सङ्घबाट रु चार करोड विनियोजन भएको छ, एक वर्ष भित्रमा समस्या समाधान हुनेमा विश्वस्त छु,’ उनले भने ।

करिब ३० वर्षदेखि उक्त स्थानमा पहिरोको समस्या छ । सडक माथिबाट खसेको पहिरोका कारण वर्षायाममा सडक अवरुद्ध हुँदा मङ्गला, मालिका र धवलागिरि गाउँपालिकावासीले आवतजावतमा सास्ती खेप्दै आएका छन् ।

आजै मन्त्री पुनले प्रदेश अस्पतालको निर्माणाधीन भवनबारे जानकारी लिएका छन् । उनले अस्पतालमा विशेषज्ञ चिकित्सकको व्यवस्था र उपकरणका लागि सक्दो प्रयास गर्ने बताए ।

साथै मन्त्री पुनले राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोरअन्तर्गत बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा पर्ने बैसरी पहिरो रोकथाममा भएका प्रयासबारे पनि जानकारी दिएका थिए ।

प्रकाशित मिति : २ श्रावण २०८३, शनिबार  ९ : ०९ बजे

बालेन प्रधानमन्त्री भएदेखि उक्सिनै सकेन पुँजी बजार

काठमाडौं– वालेन्द्र शाह ‘बालेन’ले सरकारको नेतृत्व गरेपछि औसत रूपमा ओरालो

ऐतिहासिक आन्दोलनमा आदिवासी जनजाति समुदायको महत्त्वपूर्ण योगदान : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालका परिवर्तनकारी ऐतिहासिक आन्दोलनमा आदिवासी जनजाति

सरकारको अधिकार खोस्दै सिरहाका व्यापारीले आफूखुसी बढाए ग्यासको मूल्य, प्रशासन हेरेको हेर्‍यै

सरकारले खाना पकाउने एलपी ग्यासको मूल्य निर्धारण गर्छ । नियामक

साउदीको लाल सागर तटस्थित रिफाइनरीमा आक्रमण गरेको हुथीको दाबी

साना- साउदी अरबको लालसागर तटस्थित जिजानमा रहेको तेल प्रशोधन केन्द्रमा

लामो समयदेखि पुल नबन्दा जोखिम बढ्दै

जनकपुरधाम– हुलाकी सडकअन्तर्गत जनकपुर-भिठ्ठामोड जोड्ने सडकमा पर्ने महोत्तरीको महोत्तरी गाउँपालिका-१ पर्सास्थित