सूर्य थापालाई रोस्ट गरेपछि तनावमा कमेडियन, भन्छन् – धम्कीले कोठाबाहिर निस्किन सकिनँ « Khabarhub

सूर्य थापालाई रोस्ट गरेपछि तनावमा कमेडियन, भन्छन् – धम्कीले कोठाबाहिर निस्किन सकिनँ

के भन्छन् सूर्य थापा ?


३ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कमेडीका नाममा ठाडो रोस्ट गर्ने प्रवृतिलाई निरन्तरता दिँदै कमिडियन अमरेन्द्र यादव एमाले नेता सूर्य थापा र एमाले निकट नेताहरूलाई व्यङ्ग्य गरेपछि तनावमा परेका छन् । एमालेनिकट व्यक्तिहरूबाट आफूलाई निरन्तर धम्की आएको उनको गुनासो छ ।

अमरेन्द्रको दाबी छ, ‘पछिल्ला ३-४ दिनदेखि भिडियो सार्वजनिक भएदेखि नै म निरन्तर मानसिक दबाब र व्यक्तिगत गालीगलौज झेलिरहेको छु । यो कसले गरिरहेको हो, एमालेका कार्यकर्ता हुन् कि अरू कोही हुन् ? म यकिनसाथ भन्न सक्दिनँ । तर मलाई व्यक्तिगत रूपमा गाली र टर्चर दिने काम भइरहेको छ । मलाई रुमबाट बाहिर जान डर लागिरहेको छ ,कहिलेसम्म रुममा बस्ने म ?’

आफूलाई एमाले विरोधी बनाएर धम्की आएको अमरेन्द्रको आशय छ । निरन्तरको धक्की सहन सकस भएपछि घटना सार्वजनिक गरेको उनले बताएका छन् ।

आफू स्वतन्त्र कलाकार रहेको उनले स्पष्टीकरण लिएका छन् । यसरी पेसागत जिम्मेवारी र कर्तव्य पालना गर्दा आएको धम्कीले तनाव झेल्नु पर्ने स्थितिलाई उनले मुख्य समस्या देखाएका छन् ।

कमेडियन सुन्दर खनालले सञ्चालन गर्दै आएको कार्यक्रम ‘कमेडी बाज’मा सूर्य थापा अतिथि बनेर गएका थिए । त्यही एपिसोडमा उनले सूर्य थापा, एमाले अध्यक्ष केपी ओली, अर्का नेता महेश बस्नेत र एमाले संगठनमाथि मज्जैले रोस्ट हानेका थिए । उनको उक्त रोस्ट सामाजिक सञ्जालमा भाइरल छ ।

कमेडी गर्दा कलाकारको ज्यानको असुरक्षाको विषय संवेनशील हो । स्वतन्त्र कलाकारितामाथिको अंकुश हो ।

के भन्छन् सूर्य थापा ?

रोस्टका नाममा ठाडो व्यङ्ग्य गर्ने प्रवृतिबारे जानकार हुँदा हुँदै पनि सञ्चालक खनालको विशेष आग्रहमा आफू अतिथि बन्न तयार भएको सूर्य थापाले बताएका छन्।

अमरेन्द्रलाई धम्कीको विषयले आफूलाई आश्चर्यमा पारेको उनले बताए ।

‘धम्की’को दाबीमा उनले आशंका राख्दै भनेका छन्, ‘चर्चामा आउन मच्चाएको फन्डा त पक्कै होइन होला ।’

उनले आफूसहित समर्थकहरूमा यस्तो कार्यक्रम मज्जासँग सुन्न र सहज रुपमा लिनसक्ने सामर्थ्य राख्ने दाबी गरेका छन् ।

प्रकाशित मिति : ३ भाद्र २०८३, बुधबार  १ : ०४ बजे

सरकारी जग्गा व्यक्तिको नाममा, दर्ता बदर गर्न माग

भक्तपुर– साविक दुवाकोट गाविस–८ (ख), हाल चाँगुनारायण नगरपालिका–१ स्थित करिब

भोट फिर्ताबारे गृहमन्त्रीको जवाफ : आफ्नो क्षेत्रका मतदातासँग ‘जोक’ गरेको थिएँ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले हालै गृहजिल्ला गोरखामा ‘भोट फिर्ता लैजानुस्’ भनेर

खाडी मुलुकलाई इरानको चेतावनी 

तेहरान- इरानले अमेरिकी सेनालाई सहयोग गर्ने वा आफ्नो भूभाग सैन्य गतिविधिका

तीन वर्षीया नाबालिकाको बलात्कारपछि हत्या, १६ वर्षीय किशोरले चकलेट दिएर फकाउँदै लगेका थिए

सिमरा- बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया नाबालिकाको जबरजस्ती करणीपछि

कन्सर्टका लागि भारतीय गायक नवजोत काठमाडौंमा

काठमाडौं – चर्चित भारतीय गायक नवजोत आहुजा कन्सर्टका लागि काठमाडौं