दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला « Khabarhub

दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला


३ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नारायणगढ– बछ्यौलीका महिलाले सामूहिक दूध विविधिकरण पसल सञ्चालनमा ल्याएका छन् । स्थानीय उत्पादनलाई पर्यटनसँग जोड्ने उद्देश्यले सौराहामा आउने विदेशी पाहुनालाई स्थानीय उत्पादन चखाउने अभिःप्रायबाट दुग्ध विविधिकरण पसल सञ्चालन गरिएको हो । 

रत्ननगर नगरपालिका–६ बछौलीस्थित नारी चेतना मध्यवर्ती महिला उद्यमी समूहमा आबद्ध ५० जना महिलाले स्थानीय दूधको विविधिकरण डेरी पसल सञ्चालन गरेका छन् । स्थानीय कृषि तथा पशुपालनलाई प्रोत्साहन गर्दै महिलालाई रोजगारी र उद्यमशीलतामा जोड्ने उद्देश्यले पसल सञ्चालन गरिएको समूहकी अध्यक्ष सुष्मा पौडेलले जानकारी दिए ।
 
पसलमा दूध, दही, घिउ, पनिर, चिज, बटर, आइसक्रिम, खुवा, चिया र कफीलगायतका परिकार बिक्रीका लागि राखिएको छ । हाल मही, दूध, दही, घिउ, पनिर र खुवालगायतका दुग्धजन्य पदार्थ उत्पादन भइरहेको छ । 

‘मैले चार–पाँच वर्षदेखि डेरी सञ्चालन गर्दै आएकी थिएँ । त्यसबाट राम्रो आम्दानी भयो । त्यसपछि यहाँका अन्य महिला दिदीबहिनीलाई रोजगारी र उद्यममा जोड्ने उद्देश्यले सामूहिक पसल सञ्चालनमा ल्याएका हौँ’, अध्यक्षले भने।

 उद्योग स्थापनाका लागि प्रदेश सरकारबाट रु १० लाख अनुदान प्राप्त भएको छ । बाँकी रकम ५० जना सेयर सदस्यबाट प्रतिव्यक्ति २५ हजारका दरले रु १२ लाख ५० हजार संकलन गरी लगानी जुटाइ उद्योग सञ्चालन गरिएको हो ।  

हाल दैनिक करिब २०० लिटर दूध संकलन गरी विभिन्न दुग्धजन्य पदार्थ उत्पादन तथा बिक्री हुँदै आएको छ । मागअनुसार उत्पादन क्षमता विस्तार गर्ने योजना रहेको उनले बताए।

समूहमा आबद्ध केही महिलाले आफ्नै घरमा पशुपालन गर्दै आएका छन् । उनीहरूबाट दूध संकलन गरी उद्योगमा प्रयोग भइरहेको र आगामी दिनमा थप महिलालाई पशुपालनमा प्रोत्साहित गर्दै समूहकै सदस्यबाट आवश्यक दूध आपूर्ति गर्ने योजना छ । 

सौराहा पर्यटकीय क्षेत्र हो । यहाँ बजारको अभाव छैन । स्थानीय महिलालाई रोजगारी दिने र स्थानीय उत्पादन पर्यटकलाई चखाउने मुख्य उद्देश्यले डेरी उद्योग सञ्चालन गरिएको बताइन्छ ।
 

प्रकाशित मिति : ३ भाद्र २०८३, बुधबार  १ : ३९ बजे

भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो

काठमाडौं– नेपालको उखु अनुसन्धान तथा विकासलाई सुदृढ बनाउन भारत सरकारले

सांसद खगेन्द्र सुनारले एक महिलालाई मार्ने र बलात्कार गर्ने भन्दै धम्की दिएको अडियो सार्वजनिक

काठमाडौँ – प्रतिनिधिसभा बैठक र संसदीय समितिमा चर्को बोलेर चर्चामा

४२ वर्षे सैनिक अनुभव कूटनीतिक सेवामा लगाउँछु : राजदूत शमशेर

काठमाडौं– संयुक्त अधिराज्य (बेलायत) का लागि प्रस्तावित राजदूत गौरव शमशेर

रुसले ऊर्जा युद्धविराम पालना नगरे जबाफी कदम चाल्ने युक्रेनको चेतावनी

 काठमाडौँ – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा