रास्वपा बैठकमा उठ्यो प्रश्न- ग्यासको आपूर्ति बढाउँदा पनि किन अभाव देखियो ? « Khabarhub

रास्वपा बैठकमा उठ्यो प्रश्न- ग्यासको आपूर्ति बढाउँदा पनि किन अभाव देखियो ?


३ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीं(रास्वपा)का सांसदहरुले वैशाख महिनामा बजारमा करिब २२ लाख सिलिन्डर आपूर्ति भएकोमा साउन महिनामा बढेर ४० लाख सिलिन्डर पुग्दा पनि बजारमा किन अभाव देखियो भन्ने प्रश्न उठाएका छन् ।

बुधबार सिंहदरबारमा बसेको रास्वपा संसदीय दलको बैठकमा सांसद्हरूले बजारमा किन ग्यास अभाव भइरहेको भनेर प्रश्न गरेका हुन् । 

मन्त्रीहरूले ग्यास अभाव हुनुको प्राविधिक तथा व्यवस्थापकीय कारणहरू स्पष्ट पार्दै यस समस्यालाई समाधान गर्न भइरहेका प्रयासहरूबारे जानकारी गराएको संसदीय दलका उपनेता गणेश पराजुलीले जानकारी दिए ।  

बैठकले संसदीय दलको विधान संशोधन गर्न कार्यदल गठन गरेको छ ।

रास्वपा संसदीय दलको विधानलाई समयानुकूल बनाउन प्रमुख सचेतकको संयोजकत्वमा विधान संशोधन कार्यदल गठन गरेको उपनेता पराजुलीले बताए । 

उक्त कार्यदललाई ७ दिनभित्र प्रतिवेदन तथा कार्यविधि तयार गर्ने जिम्मेवारी दिइएको छ । 

संशोधित विधानमार्फत सांसदहरूलाई संसद्मा उपस्थित हुँदा मर्यादा पालना गराउने, आ–आफ्ना जिम्मेवारी स्पष्ट पार्ने, जनपक्षीय आवाजलाई बुलन्द बनाउने र कानुन निर्माण प्रक्रियामा थप सक्रिय बनाउने उद्देश्य राखिएको उनले बताए ।

बैठकमा मन्त्रीहरूले आ–आफ्नो मन्त्रालयबाट भए–गरेका प्रगति विवरण र गतिविधिहरू बैठकमा राखेका थिए भने सांसदहरूले आफ्ना निर्वाचन क्षेत्रका समस्या, जनताबाट प्राप्त गुनासाहरू र सरकारका कामका कमजोरी औँल्याएका थिए । 

सरकारले काम गरिरहे पनि त्यसको सन्देश आम जनतासम्म प्रभावकारी रूपमा पुग्न नसकेको विषयमा आत्म समीक्षा गरिएको पराजुलीले बताए । 

प्रकाशित मिति : ३ भाद्र २०८३, बुधबार  २ : १८ बजे

नयाँ बसपार्कमा यसरी गरियो विश्वकर्मा पूजा 

काठमाडौं– विश्वकर्मा बाबाको पूजाको अवसरमा काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा बस

वीरगञ्जमा भारतीय कारभित्र चार थान पेस्तोल बरामद

वीरगञ्ज – पर्साको वीरगञ्ज महानगरपालिका–१५ बास्तुबिहार चोकमा सशस्त्र प्रहरीले बेवारिसे

बुटवलमा विश्वकर्मा पूजाको रौनक, १५ सय बढी सवारीसाधन पूजा हुँदै (तस्बिरहरू)

काठमाडौं– विश्वकर्मा पूजाको अवसरमा बुटवलको मैनाबगरस्थित बुटवल अटो इन्जिनियरिङ एसोसिएसनले

चालु आवको दुई महिना : सरकारको आम्दानी भन्दा खर्च नौ अर्बले बढी

काठमाडौं– चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले

प्रहरीले बरामद गरेको एक हजार ३१५ किलोग्राम गाँजा नष्ट

खोटाङ– जिल्ला प्रहरी कार्यालय खोटाङले महिनादिनअघि बरामद गरेको एक हजार