भोट फिर्ताबारे गृहमन्त्रीको जवाफ : आफ्नो क्षेत्रका मतदातासँग ‘जोक’ गरेको थिएँ « Khabarhub

भोट फिर्ताबारे गृहमन्त्रीको जवाफ : आफ्नो क्षेत्रका मतदातासँग ‘जोक’ गरेको थिएँ


३ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले हालै गृहजिल्ला गोरखामा ‘भोट फिर्ता लैजानुस्’ भनेर दिएको अभिव्यक्ति मजाक मात्र भएको जिकिर गरेका छन् ।

रास्वपा संसदीय दलको बैठकबाट बाहिरिने क्रममा पत्रकारले सोधेको प्रश्नको जवाफ दिने क्रममा उनले मतदातासँग जोक गरेको बताए । 

‘हामी त्यहाँ भित्र बसेर सल्लाह गरेको कुरा जोक होइन त ?’ भोट फिर्ता कसरी गर्न मिल्ने रहेछ भन्ने पत्रकारको प्रश्नमा उनले थपे, ‘आफ्नो मतदातासँग जोक गर्नु हुँदैन त ?’

गृहमन्त्री गुरुङ गत हप्ता गोरखाको नाम्जुङ पुग्दा त्यहाँका पार्टीका स्थानीय नेताले स्वास्थ्य चौकीमा ल्याब स्थापना गर्ने चुनावी वाचा सम्झाएका थिए । 

त्यसपछि झोक्किएका गुरुङले चार महिनामा सबै काम नहुने भन्दै भोट फिर्ता लैजान भनेका थिए । 

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ३ भाद्र २०८३, बुधबार  २ : ३६ बजे

बुढीगण्डकीको बाढीले शान्ति बजारका घर डुबानमा

गोरखा- बुढीगण्डकी नदीमा आएको बाढीले गोरखाको आरुघाट गाउँपालिका–५ स्थित शान्ति बजार

रुससँग डिजेल सम्झौतापछि ट्रम्प-जेलेन्स्की विवाद चर्कियो, ट्रम्पले मागे युक्रेनमा नयाँ नेतृत्व

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई हटाएर

बेत्रावतीस्थित फलाकु खोलामा सेनाले बनाएको एक्रो बेलीब्रिज सञ्चालनमा (तस्बिरहरू)

काठमाडौं– रसुवाको भोटेकोशी क्षेत्रमा भदौ १० गते आएको भीषण बाढीका

चलचित्र ‘३६ को आँकडा’को ‘बहुलाउँछु कि क्या हो ?’ गीत सार्वजनिक

काठमाडौँ– अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’को गीत

वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद, कमाउँछन् वार्षिक एक लाख ५० हजार

भोजपुर– वैदेशिक रोजगारीबाट फर्किएपछि पुनः विदेश जाने सोच बनाउने युवाका लागि