कृषिमन्त्रीलाई प्रश्न- मल किन्न किसानसँग लालपुर्जा किन मागिन्छ ? « Khabarhub

कृषिमन्त्रीलाई प्रश्न- मल किन्न किसानसँग लालपुर्जा किन मागिन्छ ?


३ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मल लिँदा लालपुर्जा देखाउनुपर्ने विषयलाई नकारात्मक भाष्य बनाउन नहुने बताएकी छन् ।

बुधबार सिंहदरबारस्थित संसदीय दलको बैठकबाट बाहिरिने क्रममा उनलाई पत्रकारले ‘मल किन्न कृषकसँग लालपुर्जा किन मागिन्छ ?’ भनेर प्रश्न गरेका थिए । 

जवाफमा मन्त्री चौधरीले कति मल चाहिन्छ भन्ने बुझ्न लालपुर्जा मागिएको सुनाइन् । 

‘मल प्राविधिकले दिएको सुझावअनुसार हाल्ने हो,’ उनले भनिन, ‘उहाँहरुको जग्गा कति हो, कति जग्गामा कति मल हाल्ने हो भनेर प्राविधिक हिसाबले हेर्नुपर्छ ।’

बर्खाको समयमा विभिन्न कारणले आपूर्तिमा ढिलाइ हुने उनले सुनाइन् । पानी पर्दा भिज्ने समस्या हुने भएकाले ध्यानपूर्वक ल्याउनुपर्ने अवस्था रहेको र ढिलाइ हुनुको कारण यही रहेको उनको जिकिर थियो ।

जीटुजी गरेर, अरु तरिकाले पनि मल ल्याउने प्रक्रियामै रहेको उनले दाबी गरिन् । हालसम्म ६२ हजार मेट्रिक टन मल वितरणका लागि पठाइएको र ६४ हजार मेट्रिक टन भारतबाट आउने क्रममा बाटोमा रहेको मन्त्री चौधरीले बताइन् । चालु आर्थिक वर्षका लागि २ लाख ८ सय मेट्रिक टन मल भित्रने उनले जानकारी दिइन् ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ३ भाद्र २०८३, बुधबार  ५ : ०९ बजे

टेलिकमको दसैँ अफर, के-के छन् सुविधा ?

काठमाडौं– नेपाल टेलिकमले नेपालीहरूको महान् चाड दसैँ, तिहार तथा छठ

बुढीगण्डकीको बाढीले शान्ति बजारका घर डुबानमा

गोरखा- बुढीगण्डकी नदीमा आएको बाढीले गोरखाको आरुघाट गाउँपालिका–५ स्थित शान्ति बजार

रुससँग डिजेल सम्झौतापछि ट्रम्प-जेलेन्स्की विवाद चर्कियो, ट्रम्पले मागे युक्रेनमा नयाँ नेतृत्व

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई हटाएर

बेत्रावतीस्थित फलाकु खोलामा सेनाले बनाएको एक्रो बेलीब्रिज सञ्चालनमा (तस्बिरहरू)

काठमाडौं– रसुवाको भोटेकोशी क्षेत्रमा भदौ १० गते आएको भीषण बाढीका

चलचित्र ‘३६ को आँकडा’को ‘बहुलाउँछु कि क्या हो ?’ गीत सार्वजनिक

काठमाडौँ– अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’को गीत