आज शनिबार शनिदेवको पूजा गर्नुहोस् « Khabarhub

आज शनिबार शनिदेवको पूजा गर्नुहोस्


३ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज २०८३ साल असोज ३ गते शनिबार सन् २०२६ सेप्टेम्बर १९ तारिख। भाद्र शुक्ल पक्षको अष्टमी तिथि। संविधान दिवस, राधा जन्मोत्सव र गोरखकाली पूजा ।

आज शनिबार भएकाले शनिदेवलाई खुशी पारेर तपाईंले आफ्नो जीवनमा नयाँ ऊर्जा ल्याउन सक्नुहुन्छ। शनिदेवको व्रत बस्नुभन्दा पहिले शनिदेवसँग जोडिएका केही महत्वपूर्ण कुराबारे जानकारी लिनु आवश्यक हुन्छ।

शनि देवलाई एक महत्त्वपूर्ण देवता भनिएको छ । शनि देवले हाम्रा कार्यहरूमा फल प्रदान गर्दछन्। शनि भगवान सूर्यका पुत्र हुन्। उनमा आमाको छाया छ। यमराज उनका भाइ हुन् र यमुना उनकी बहिनी हुन्।

जसले कडा परिश्रम, अनुशासनमा र धर्म पछ्याउने काम गर्दछ। उसको सम्मान गर्नुपर्दछ। शान्त रहन हरेक शनिबार तेल दान गर्नुपर्छ।

हरेक शनिबार शनिको साथ, पिपलको पनि विशेष पूजा गर्नुपर्छ। पिपलमा पानी हाल्दा फल पक्कै मिल्नेछ। शनिबार कालो तिल दान गर्नुहोस्। छालाका जुत्ता र चप्पल पनि दान गर्दा शुभ मानिन्छ।

हरेक हप्तामा शमीको रूखलाई पनि पूजा गर्नुहोस्। तथा शनिबार हनुमानको सामुन्ने सर्सुको तेलको दीप जलाएर हनुमान चालीसाको पाठ गर्दा राम्रो हुने हिन्दु धर्मशास्त्रमा उल्लेख छ।

प्रकाशित मिति : ३ आश्विन २०८३, शनिबार  ५ : ४६ बजे

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीबाट संविधान दिवसको शुभकामना

काठमाडौँ– मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले कठिन परिस्थितिमा पनि राष्ट्रिय एकता,

तनहुँ दूध, मासु र अण्डामा आत्मनिर्भर

दमौली– तनहुँ जिल्ला दूध, मासु र अण्डामा आत्मनिर्भर बन्दै गएको

आज संविधान दिवस मनाइँदै

काठमाडौं– आज ३ असोज, देशभर संविधान दिवस मनाइँदैछ। २०७२ साल

जर्मन बुन्डेसलिगा : युनियन बर्लिनमाथि बायर्न म्युनिखको गोलको वर्षा

काठमाडौँ– जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखले युनियन बर्लिनमाथि गोलको वर्षा

ओलीको चेतावनी : संविधानमाथि गम्भीर संकट, स्वेच्छाचारिताको बुटले संवैधानिक संरचना कुल्चिन खोजिँदैछ 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधान