जलविद्युत् आयोजनाको सहयोगमा दुखुखोला सडक पुल संरक्षण « Khabarhub

जलविद्युत् आयोजनाको सहयोगमा दुखुखोला सडक पुल संरक्षण


३ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– बाढी र कटानको उच्च जोखिममा परेको म्याग्दीको बेनी-दरवाङ सडकअन्तर्गत मंगला गाउँपालिका-२ र मालिका गाउँपालिका-६ को सिमानामा रहेको दुखुखोलाको सडक पुल जलविद्युत् आयोजनाको सहयोगमा संरक्षण गरिएको छ । 

दुखुखोलामा आएको बाढीले पुलको मङ्गला गाउँपालिकातर्फ पिल्लरको जगमुनिबाट खोला बग्न थालेको र पहुँचमार्ग कटान गरेर साँघुरिएकोले यात्रुवाहक सवारीसाधन र जलविद्युत् आयोजनाका सामग्री बोकेका ठूला ट्रक गुड्ने पुल भासिएर दुर्घटना हुने जोखिम थियो । 

मालिका, धौलागिरि र तमानखोला गाउँपालिकाको बेनीसँग जोड्ने सडकमा यातायात सम्पर्कविच्छेद हुन नदिनका लागि जलविद्युत् आयोजनाहरूको सहयोगमा मर्मत र संरक्षण गरिएको जिल्ला समन्वय समिति, म्याग्दीका कार्यवाहक प्रमुख डिलकुमारी खत्रीले बताए। 

उनका अनुसार ६५ मेगावाट क्षमताको म्याग्दीखोला, ३७ मेगावाट क्षमताको अपर म्याग्दी, ५३ दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी-१, २५ मेगावाट क्षमताको दरवाङ म्याग्दीखोला, १४ मेगावाट क्षमताको मुदीखोला र छ मेगावाटको दरखोला जलविद्युत् आयोजनाले साझेदारीमा पुल मर्मत गरेका हुन् ।  

‘पुलको जोखिमका कारण आवतजावत ठप्प हुने अवस्था र निर्माण कार्य प्रभावित बनेपछि म्याग्दी नदी बेसिनका जलविद्युत् आयोजनाहरुले साझेदारी गरेर संरक्षणको काम गरेका हुन्’, कार्यवाहक जिसस प्रमुख खत्रीले भने, ‘सरकारी प्रक्रियाबाट ढिलाइ हुने भएकाले जलविद्युत् आयोजनाको सहयोग मागिएको हो ।’

दुखुखोला पुलको जोखिमका कारण जलविद्युत् आयोजनाहरूमा निर्माण सामग्री र उपकरण ढुवानीमा समस्या भएको थियो । अपर म्याग्दी-१ जलविद्युत् आयोजनाका प्रमुख ज्योतिकुमार केसीले खोला डाइभर्सन, पुलको जगमुनि ढलाल र पहुँचमार्गमा ग्यावियन पर्खाल लगाएर संरक्षण गरी सबै किसिमका सवारीसाधन सञ्चालन गर्न मिल्ने बनाएको बताए। 

सङ्घीयता लागू हुनुअघि तत्कालीन जिल्ला प्राविधिक कार्यालयले ठेक्का लगाएको २० मिटर लामो र छ मिटर फराकिलो यो पुल रु दुई करोड छ लाखमा विसं २०७६ मा निर्माण सम्पन्न भएर सञ्चालनमा आएको थियो । मालिका धुरीको फेदीमा मुहान रहेको दुखु ठाडोखोला हो । 

प्रकाशित मिति : ३ आश्विन २०८३, शनिबार  १० : २२ बजे

‘संविधानको प्रभावकारी कार्यान्वयनबाट लोकतान्त्रिक गणतन्त्र बलियो हुन्छ’

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको प्रभावकारी कार्यान्वयनबाट लोकतान्त्रिक

रूपन्देहीबाट ८३ फरार प्रतिवादी पक्राउ, फैसला कार्यान्वयनमा जोड

रूपन्देही– जिल्ला प्रहरी कार्यालय रूपन्देहीले अदालतको फैसला कार्यान्वयनका क्रममा गत

यमनमा साउदी हवाई आक्रमण तीव्र

यमन- यमनमा हुथी विद्रोही र साउदी नेतृत्वको गठबन्धनबीचको तनाव चर्किँदै गएको

संविधानको संरक्षणसँगै राष्ट्रिय एकतामा जोडिन आवश्यक : मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मी

काठमाडौं – मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले संविधानको संरक्षण गर्दै राष्ट्रिय एकता

संविधान दिवसमा नेपाललाई अमेरिकाको शुभकामना

न्यूयोर्क– नेपालको संविधान दिवसका अवसरमा संयुक्त राज्य अमेरिकाले नेपाललाई शुभकामना