दक्षिण सुडानमा ६ लाख ६१ हजारभन्दा बढी शरणार्थी, ७५ प्रतिशत महिला र बालबालिका « Khabarhub

दक्षिण सुडानमा ६ लाख ६१ हजारभन्दा बढी शरणार्थी, ७५ प्रतिशत महिला र बालबालिका


३ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

जुबा- दक्षिण सुडानले देशभरका ३१ स्थानमा ६ लाख ६१ हजार ५२९ जना शरणार्थीलाई आश्रय दिइरहेको संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले जनाएको छ।

कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार दक्षिण सुडानमा रहेका शरणार्थीमध्ये ६ लाख ५७ हजार ४७९ जना दर्ता भएका शरणार्थी र चार हजार ५० जना शरण खोज्ने व्यक्ति छन्।

कुल शरणार्थीमध्ये अधिकांश सुडानी नागरिक छन्। उनीहरूले दक्षिण सुडानमा रहेको कुल शरणार्थी जनसङ्ख्याको ९५ प्रतिशत हिस्सा ओगटेका छन्। त्यसपछि प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआर कङ्गो) का नागरिक २ प्रतिशत छन्। बाँकीमा इथियोपिया, इरिट्रिया, मध्य अफ्रिकी गणतन्त्रलगायत विभिन्न देशका नागरिक रहेका छन्।

सुडानमा जारी द्वन्द्वका कारण देश छाडेर दक्षिण सुडान प्रवेश गर्ने व्यक्तिलाई दक्षिण सुडान सरकारले प्रथम दृष्टिमा शरणार्थीको हैसियत प्रदान गर्दै आएको यूएनएचसीआरले जनाएको छ।

शरणार्थी जनसंख्यामा महिला र बालबालिकाको हिस्सा ७५ प्रतिशत रहेको छ। शून्यदेखि ५९ वर्ष उमेर समूहका महिलामात्रै कुल शरणार्थी जनसंख्याको ४९ प्रतिशत छन्।

शरण खोजिरहेका चार हजार ५० जनामध्ये इरिट्रिया र इथियोपियाका नागरिक समान ३८–३८ प्रतिशत छन्। त्यसपछि बुरुन्डीका नागरिक ११ प्रतिशत छन्। बाँकीमा युगान्डा, सोमालिया तथा अन्य देशका नागरिक रहेका छन्।

दक्षिण सुडान क्षेत्रकै ठूलो विस्थापन संकटको केन्द्रमा रहेको यूएनएचसीआरले जनाएको छ। २३ लाखभन्दा बढी दक्षिण सुडानी नागरिक छिमेकी मुलुकमा शरणार्थीका रूपमा बसिरहेका छन्। उनीहरू प्रजातान्त्रिक गणतन्त्र कङ्गो, इथियोपिया, केन्या, युगान्डा र सुडानलगायत देशमा रहेका छन्।

प्रकाशित मिति : ३ आश्विन २०८३, शनिबार  १२ : ४० बजे

बीसौँ एसियाली खेलकुद आजदेखि, नेपालबाट १३५ खेलाडी सहभागी

काठमाडौं- बीसौँ एसियाली खेलकुद प्रतियोगिता आजदेखि जापानमा औपचारिक रूपमा सुरु

संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ?

लमजुङ- लमजुङमा केही वर्षअघिसम्म सामान्य सरकारी कामका लागि पनि गाउँबाट

कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि

काठमाडौं- भोटेकोशी बाढीपछि बेपत्ता पत्रकार टेकराज थामीको कुशको शव बनाएर

भदौमा पाँच अर्बको विद्युत् निर्यात

काठमाडौं- गत भदौमा रु पाँच अर्ब नौ करोड २४ लाख

संविधान र लोकतन्त्रको रक्षाका लागि संघर्ष गर्छौँ : ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान र लोकतन्त्रको