कांग्रेसको वडा अधिवेशन सुरु « Khabarhub

कांग्रेसको वडा अधिवेशन सुरु


३ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशन शनिबारबाट सुरु भएको छ ।

पार्टी केन्द्रीय निर्वाचन समितिले शनिबार र आइतबार स्थानीय अनुकूलताअनुसार वडा अधिवेशन गर्न सकिने कार्यतालिका निकालेसँगै शनिबारदेखि औपचारिक रूपमा वडा अधिवेशन सुरु भएको हो । गत पुस मसान्तसम्म क्रियाशील सदस्यता नवीकरण गरेका सबै क्रियाशील सदस्यले वडाको अधिवेशनमा भाग लिन पाउने कांग्रेस निर्वाचन समितिले जनाएको छ ।

पार्टीको अधिवेशनमा वडाभित्रका क्रियाशील सदस्य वडा अधिवेशनका सदस्य हुनेछन् । उक्त अधिवेशनले वडा सभापति, एक महिलासहित दुई उपसभापति, एक सचिव, एक सहसचिव र सदस्य निर्वाचित गर्नेछ । शनिबार पार्टी सभापति गगनकुमार थापाले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ अन्तर्गत काठमाडौं महानगर २० नम्बर वडाको अधिवेशन उद्घाटन गरेका थिए ।

सो क्रममा सभापति थापाले पार्टीको महाधिवेशनमा सवैलाई समेट्न आफुले अधिकतम प्रयास गरेको जानकारी दिए । पार्टीको विवाद समाधानका लागि अन्तिम क्षणसम्म प्रयास जारी रहने उल्लेख गर्दै सबै पक्षका शीर्ष नेताहरूसँग भेटघाट र छलफल गरिरहेको उनले बताए ।

उनले राजनीतिक दलका विषयहरू राजनीतिक रूपमै टुंगिनुपर्ने भए पनि विषय अदालत पुगेको र पटक–पटकको निर्णयले महाधिवेशन अगाडि बढाउन कुनै बाधा नरहेको स्पष्ट पारे । असोज १६ गते तोकिएको अधिवेशन नगरिएमा फेरि अदालत जाने अवस्था आउन सक्ने भएकाले अधिवेशन सार्नु उपयुक्त नहुने उनले बताए ।

उनले वडा तहको अधिवेशनमा छुट्न पुगेका वा सहभागी हुन नपाएका नेता–कार्यकर्ताहरूलाई विधानको व्यवस्थाअनुसार महाधिवेशन प्रक्रियामा समेट्न सकिने बाटो खुला रहेको धारणा राखे । गाउँ–नगर/उपमहानगर/महानगर वडा अधिवेशनबाट क्षेत्रीय अधिवेशनका लागि प्रतिनिधिहरू समेत चयन हुनेछन् । क्षेत्रीय अधिवेशनका लागि सबै वडा अधिवेशनबाट समान संख्यामा प्रतिनिधिहरू चयन गर्ने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : ३ आश्विन २०८३, शनिबार  १ : ४१ बजे

अपराध प्रमाणित भए फिर्ता हुन्छन् खगेन्द्र सुनुवार, उनको कार्यशैलीलाई लिएर पार्टीभित्र छटपटी

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनार डेन्जर जोनमा छन्।

दुधे बालक काखमा, पैतालाबाट रगत ! निरुताको रहस्यमय अवतारमा ‘सारथि’

काठमाडौं– अभिनेत्री निरुता सिंहलाई दर्शकले यसपटक बिल्कुलै फरक र गम्भीर

आफूमाथिका आरोप झुटा भएको खगेन्द्रको दाबी, भने- छानबिनमा सघाउने छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् खगेन्द्र सुनारले आफूमाथि

विश्वकप लिग- २ : ओमानविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखला अन्तर्गत अहिले नेपाल र

प्रहरीको ‘स्वाप अपरेसन’ : ९८ जना पक्राउ

काठमाडौं– उपत्यकामा अपराध रोकथाम तथा नियन्त्रणका लागि प्रहरीले सञ्चालन गरेको