एआईको विकासमा अवरोध नगर्न ट्रम्पको आग्रह « Khabarhub

एआईको विकासमा अवरोध नगर्न ट्रम्पको आग्रह


३ मंसिर २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बौद्धिकता (एआई) प्रविधिको विकासमा अवरोध पुग्ने खालका नियम बनाउन नहुने बताएका छन् । उनले एआईलाई सकारात्मक प्रविधिका रूपमा व्याख्या गर्दै यसको विकासलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिएका छन् ।

एपेक (एसिया प्रशान्त आर्थिक सहयोग) सम्मेलनमा सम्बोधन गर्दै ट्रम्पले एआई उद्योगको विकास रोक्ने खालका नियमनको विरोध गरेका हुन् । एआई प्रविधि लगभग पूर्ण रूपमा सकारात्मक रहेको उनको भनाइ थियो ।

सम्मेलनका क्रममा ट्रम्पले चीन र रुससँगको सम्बन्धबारे पनि धारणा राखेका छन् । चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग आफ्नो सम्बन्ध राम्रो रहेको दाबी गर्दै उनले दुवै नेताले आफूलाई मन पराउने बताएका छन् ।

सी र पुटिनसँग त्रिपक्षीय शिखर बैठक हुनुअघि ट्रम्पले यस्तो धारणा सार्वजनिक गरेका हुन् । उनले अमेरिका लामो समयदेखि प्रशान्त क्षेत्रको शक्तिका रूपमा रहँदै आएको उल्लेख गर्दै यस क्षेत्रमा विकास, स्थायित्व, सार्वभौमिकता, समृद्धि र शान्ति प्रवर्द्धनका लागि काम गरिरहने बताए ।

‘हाम्रा सम्बन्ध निकै बलिया रहेका छन्’, ट्रम्पले सम्मेलनमा भने ।

उनले अमेरिकी अर्थतन्त्रको अवस्थाबारे पनि दाबी गर्दै अहिले अमेरिका विगतको तुलनामा सबैभन्दा बढी आर्थिक रूपमा फस्टाइरहेको बताए ।

यसैबीच, सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिनपिङले सम्बोधन गरिरहँदा ट्रम्पका आँखा बन्द देखिएको दृश्यले पनि ध्यान खिचेको छ । सोही क्रममा रुसी राष्ट्रपति पुटिन भने केही पढ्दै गरेको अवस्थामा देखिएका थिए ।

प्रकाशित मिति : ३ मंसिर २०८३, बिहिबार  १० : १८ बजे

भीमफेदी दुर्घटना अपडेट : तीन जनाको मृत्यु, सात घाइते

मकवानपुर- मकवानपुरको भीमफेदी गाउँपालिका–१ भैँसेमा यात्रुवाहक सुमो जिप दुर्घटना हुँदा तीन

तनहुँ र नवलपरासी पूर्वको पूर्वाधार विकास कार्यालय दमौलीमा स्थापना

दमौली– तनहुँ र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाको पूर्वाधार विकाससम्बन्धी

एआईको विकासमा अवरोध नगर्न ट्रम्पको आग्रह

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बौद्धिकता (एआई) प्रविधिको विकासमा

धान काट्ने मेसिनमा मोटरसाइकल ठोक्किँदा दुई युवकको मृत्यु

झापा- झापाको बाह्रदशी गाउँपालिकामा धान काट्ने मेसिनमा मोटरसाइकल ठोक्किँदा दुई युवकको

हेटौँडाबाट काठमाडौँ आउँदै गरेको जिप राप्ती खोलामा खस्यो, १० जना घाइते

काठमाडौँ – मकवानपुरमा हेटौँडाबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक जिप दुर्घटना हुँदा