बराह सहकारी ठगीका दुई फरार प्रतिवादी पक्राउ « Khabarhub

बराह सहकारी ठगीका दुई फरार प्रतिवादी पक्राउ


३ मंसिर २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बराह बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन तथा ठगी गरेको आरोपमा फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सहकारीका संस्थापक काठमाडौँ महानगरपालिका–२२ बस्ने ४५ वर्षीय शिवकुमार विश्वकर्मा (लामिछाने) र ऋण उपसमिति सदस्य धरान उपमहानगरपालिका–१५ बस्ने ३३ वर्षीया अस्मिता भण्डारी रहेका छन् ।

प्रहरीका अनुसार धरानमा मुख्य कार्यालय रहेको बराह बचत तथा ऋण सहकारी संस्थाले नेपालका विभिन्न स्थानमा ३० वटा र विदेशमा चारवटा कम्पनी स्थापना गरी पीडितको बचत रकम अपचलन तथा ठगी गरेको आरोप छ । सोही कसुरमा संलग्न रहेको आरोपमा दुवै जना फरार रहँदै आएका थिए ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई सुनसरीस्थित नेपाल–भारत सीमा क्षेत्रबाट बुधबार पक्राउ गरेको हो ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार पक्राउ परेका दुवै जनामाथि सहकारी ठगी, सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : ३ मंसिर २०८३, बिहिबार  १ : ११ बजे

नयाँ दलप्रति ओलीको टिप्पणी : मौसमी छिचिमिरासँग डराउनु पर्दैन

काठमाडौँ –नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र

बराह सहकारी ठगीका दुई फरार प्रतिवादी पक्राउ

काठमाडौँ- बराह बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन तथा ठगी

अवैध रूपमा भारतीय दूध भित्रिँदा बाँकेका किसान मर्कामा

राँझा- बाँकेमा भारतबाट अवैध रूपमा दूध तथा दुग्धजन्य पदार्थ भित्रिने क्रम

बर्खास्त भएका एआईजी दाहालले दिए पुनरावेदन

काठमाडौँ – संवेदनशील सूचना चुहाएको आरोपमा बर्खास्तीमा परेका सशस्त्र प्रहरी