तातोपानी नाका खुलाउन परराष्ट्रमन्त्री खनालको जोड : चिनियाँ पक्षसँग के कुरा भयो ? « Khabarhub

तातोपानी नाका खुलाउन परराष्ट्रमन्त्री खनालको जोड : चिनियाँ पक्षसँग के कुरा भयो ?


३ मंसिर २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ– परराष्ट्रमन्त्री शिशिर खनालले तत्काल तातोपानी नाका खुलाउनका लागि जोड दिएका छन् ।

नेपाल भ्रमणमा रहेका चीनका प्रेसिडेन्ट अफ द चाइनिज पिपुल्स एसोसियसन फर फ्रेन्डसिप विथ फरेन कन्ट्रिजका अध्यक्ष याङ्ग वानमिङ्गले सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा गरेको भेटवार्ताका क्रममा परराष्ट्रमन्त्री खनालले तातोपानी नाका तत्काल खुलाउन सम्बन्धित चिनियाँ पक्षसँग विशेष जोड दिएका हुन् ।

परराष्ट्रमन्त्री खनालले केही समयअघि रसुवा-भोटेकोशीको बाढीले रसुवागढी नाका बन्द भएको र अहिलेको हिउँदको अवस्थामा चीन जोड्ने अन्य उच्च हिमाली नाकाहरू पूर्ण रूपमा सञ्चालन हुन नसक्ने उल्लेख गर्दै अध्यक्ष याङ्गलाई काठमाडौंबाट सबैभन्दा नजिक दुरीमा रहेको तातोपानी नाका तत्काल खोल्नका लागि विशेष जाेड दिए । 

‘तातोपानी नाका काठमाडौँबाट सबैभन्दा कम दूरीमा रहेको र यो नाका ऐतिहासिक मित्रतापूर्ण सम्बन्धको प्रतीकका रूपमा रहेको छ,’ परराष्ट्रमन्त्री खनालले भने, ‘यसैले यो नाकालाई हाम्रा दुई मुलुकबीचको कनेक्टिभिटीका लागि तत्काल खुलाउन जरुरी छ।’

उक्त अवसरमा अध्यक्ष याङ्गले सम्बन्धित निकायसँग आवश्यक समन्वय गरेर काम गर्ने जानकारी परराष्ट्रमन्त्री खनाललाई दिए। उक्त अवसरमा दुई पक्षबीच दुई मुलुकबीचको व्यापार, पूर्वाधार, जलवायु परिवर्तन, जनस्तर, शिक्षा लगायत विविध विषयमा छलफल भएको थियो।

प्रकाशित मिति : ३ मंसिर २०८३, बिहिबार  २ : १६ बजे

धान भित्र्याएपछि आलु लगाउन व्यस्त स्याङ्जा लाम्पाटाका किसान (तस्बिरहरू)

काठमाडौं– स्याङ्जाको पुतलीबजार नगरपालिका–१३, लाम्पाटाका किसान धान भित्र्याएपछि खेतमा आलु

जुवातास खेल्ने १२ जना पक्राउ, एक लाखभन्दा बढी नगद बरामद

काठमाडौँ- काठमाडौँ र मोरङबाट जुवातास तथा कौडा खेलिरहेको अवस्थामा प्रहरीले १२

इमरान खानको सुरक्षाका लागि उनका छोराले गरे अन्तर्राष्ट्रिय समुदायसँग अपिल

इस्लामाबाद- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको जीवन जोखिममा रहेको भन्दै उनका छोरा

तातोपानी नाका खुलाउन परराष्ट्रमन्त्री खनालको जोड : चिनियाँ पक्षसँग के कुरा भयो ?

काठमाडाैँ– परराष्ट्रमन्त्री शिशिर खनालले तत्काल तातोपानी नाका खुलाउनका लागि जोड

हसिनाको फिर्ती घोषणापछि बङ्गलादेशमा सुरक्षा कडा

ढाका- पूर्वप्रधानमन्त्री शेख हसिनाका समर्थकले राष्ट्रव्यापी प्रदर्शन र बन्दको आह्वान गरेपछि